राष्ट्र निर्माणको लागि विलापको प्रार्थना कार्यक्रम को आयोजना

  • प्रकाशित मितिः भदौ २५, २०७६
  • 1208 पटक पढिएको
  • समय अनलाइन

 

हिमांशु राय
ईटहरी शुनसरी २०७६ भदौ २४ गते मंगलवार,
शुनसरीको ईटहरी उपमहा नगरपालिका शान्तिचौक स्थितको बालसंगती भवनमा राष्ट्र निर्माणको लागि १ दिने विलापको प्रार्थना कार्यक्रम को आयोजना सम्पन्न भएको छ।
अन्तराष्ट्रिय प्रार्थना भेला समिति को आयोजना र सेफहोम सेन्टरको साझेदारीमा संचालित प्रार्थना कार्यक्रम मा वर्तमान देशमा बढ्दै गईरहेको विकृति विसंगति हत्या,चोरी,बलत्कार,भ्रष्टाचार , ब्याभिचार,हिंशा,घृणा ,डाहा आदीका कारणले मुलकलाई तहसनहस र अशान्त बनाएको ले मानिस मानिस मा उग्र छल,कपट बढेर देश मा बेथिति आईपरिरहेको प्रती सचेत नागरिकहरुले सृष्टिकर्ता परमेश्वरको आज्ञा लाई शिरोधार्य गर्दै आफ्नो राष्ट्र को लागि सदैव चिन्तित रहि राष्ट्र सम्वृद्धी को लागी प्रार्थना गर्नुपर्ने र साँचो पश्चतापतापी हृदय लिएर अघि बढ्नु पर्ने जस्ता महत्पुर्ण बिषयलाई कार्यक्रम मा चित्रण गरिएको थियो।
सिक्किम बाट वक्ताका रुपमा आउनुभएका परमेश्वरका दास रेभ. सिल्भनास तामाङ ले विश्वासको जगमा उभिएर सत्यताको आत्मिकी पर्खालहरु निर्माण गर्दै जान सके मात्र तमाम बेतिथीहरुको अन्त हुने र मानिसमा स चरित्र निर्माण र राष्ट्र को हितमा हुने भएकोले ईश्वरको डर,भय मान्नु र आध्यात्मिक बाटो मा अघि बढी , सद्भाव, प्रेम,र राष्ट्रियहित मा रहि सकरात्मक पाटो बाट सृष्टिकर्ता परमेश्वरको आज्ञा पालन गर्नु नै वाईवलको सार रहेकोले परमेश्वरलाई पछ्याँउने मानिसहरु ईमान्दार रहनु वर्तमान आवाश्क्ता रहेको र यसो भएमात्र राष्ट्र परिवर्तन हुने बताए।
कार्यक्रम संयोजक जोएल राईको संयोजत्वमा आयोजित प्रार्थना कार्यक्रम मा राष्ट्रिय प्रार्थना भेला समितिका संयोजक साझेदारी संस्था सेफहोम सेन्टरका डाईरेक्टर तथा ईटहरी इसाई समाजका अध्यक्ष पाष्टर राज कुमार भण्डारी( राजेश) प्रदेश इसाई समाज, प्रदेश नम्वर१ का अध्यक्ष पाष्टर विक्रम वर्णवास याक्तेन, नेपाली वैज्ञानिक डा. कपिलमणी मिश्र , पाष्टर आकाश श्रेष्ठ,लगायत करिव ८ सय पाष्टर अगुवाहरुको उपस्थिती रहेको भब्य प्रार्थना कार्यक्रम मा मोरङ,झापा,सुनसरी, उदयपुर,ईलाम,धनकुटा ,पाँचथर र भारतको सिक्किम आदि स्थान बाट उपस्थित रहेको थियो।पाष्टर राम प्रसाद पौड्याल द्रारा संचालित कार्यक्रम विहान १० बजे बाट संञ्चालन भई दिनको ३ बजे अन्तिम आशिषको प्रार्थना सहित अन्त गरिएको थियो।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved