सुनसरी । पूर्वका विभिन्न स्थानमा प्रर्दशनीपछि सुनसरीको इटहरीमा नेपाली कथानक चलचित्र ‘घरजम’ विशेष प्रर्दशनी हुनेको भएको छ ।
मौसम ईम्बुङद्धारा निर्देशित चलचित्र ‘घरजम’ इटहरी स्थित इलाइट सिनेमा हलमा मंसिर १२ गते प्रर्दशन गर्न लागिएको घरजम युनिटले जानकारी दिएको छ । चलचित्र हरुलहरुमा प्रर्दशनमा आउन बाँकी नै रहेको ‘घरजम’बारे स्थानीय स्तरका प्रवुद्ध व्यक्तिहरुसँग प्रतिकृया लिनका लागि विशेष प्रर्दशन गर्न लागिएको निर्देशक ईम्बुङ बताउँछन् ।
‘घरजम’मा नेपाली कथालाई नेपाली शैलीमै प्रस्तुत गरिएकाले दर्शकले मनपराउने निर्देशक ईम्बुङको दावी छ । नेपाली दर्शकले चलचित्रमा आफ्नोपन खोजिरहेको अवस्थामा निर्माण गरिएको ‘घरजम’ले दर्शकको चाहना पुरा गर्ने उनको भनाइ रहेको छ ।
इटहरीमा ‘घरजम’ प्रर्दशनका लागि ‘चलचित्र घरजम प्रर्दशन समिति’ गठन गरिएको छ । किरात याक्थुङ चुम्लुङ लगायतका संस्थाहरु समेत सम्मिलित समितिले चलचित्र प्रर्दशनका लागि आवश्यक तयारी अन्तिम चरणमा पु¥याएको छ ।
रोमियो फिल्म प्रालिको व्यानरमा बनेको चलचित्र ‘घरजम’मा किशोरकुमार पन्धाक र सीताकुमारी तुम्बापो प्रस्तुतकर्ता हुन भने तेज मेन्याङबो सह–निर्माताको रुपमा रहेका छन् । चलचित्रमा बुद्धी तामाङ, सृजना सुब्बा, यासेली योङहाङ, रवी शेर्मा, कुशल थलङ, शुष्मा सुब्बा, हेमराज अन्छङ्बो लगायत कलाकारलाई नेपाली मौलिक पात्रको रुपमा देख्न पाइने छ ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved