निर्वाचन आयोगले शनिबार सम्पन्न उपनिर्वाचनमा ६५.४३ प्रतिशत मत खसेको प्रारम्भिक विवरण सार्वजनिक गरेको छ । उपनिर्वाचनमा चार लाख ५४ हजार ११४ जना मतदाता रहेकामा दुई लाख ९७ हजार १३७ जनाले मतदान गरेको आयोगले जनाएको छ ।
शनिबार साँझ आयोगको केन्द्रीय कार्यालय काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भएको जानकारी दिए ।
सुरक्षा प्रबन्ध प्रभावकारी रहेका कारण निर्वाचन शान्तिपूर्णरुपमा सम्पन भएको प्रमुख आयुक्त थपलियाले बताए ।
उपनिर्वाचनमा सबैभन्दा धेरै हुम्ला र रौतहटमा र सबैभन्दा कम रोल्पाको थवाङ गाउँपालिमा मतदान भएको जनाइएको छ ।
उपनिर्वाचनमा विभिन्न चारओटा राष्ट्रिय पर्यवेक्षण संस्था, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिलगायत ४१९ जनाबाट पर्यवेक्षण र अवलोकन भएको थियो ।
पर्यवेक्षक र अवलोकनकर्ताबाट उपनिर्वाचन स्वच्छ, स्वतन्त्र र विश्वसनीयरुपमा सम्पन्न भएको जानकारी प्राप्त भएको प्रमुख आयुक्त थपलियाले बताए ।
मतगणना सुरु भएको १२ घन्टाभित्र झन्डै ५० प्रतिशत स्थानको मतगणना सम्पन्न गरिसक्ने अयोगको तयारी छ ।
३७ जिल्लाका रिक्त ५२ पदका लागि उपनिर्वाचन भएको हो ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved