सुवेदी र साँवासित काङ्ग्रेसकै दबाव र दाबा

  • प्रकाशित मितिः मंसिर २८, २०७४
  • 359 पटक पढिएको
  • समय अनलाइन

सुनसरी निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको सरगर्मी ह्वात्तै बढेको देखिन्छ । बाम तालमेल र गठबन्धनबाट डम्बर सुवेदी उर्फ हिमाल प्रतिनिधि सभामा र प्रदेश सभाका क र खका लागि क्रमशः सर्वध्वज साँवा र रामप्रसाद मेहता चुनावी मैदानमा खडा रहेका छन् भने कांग्रेसबाट प्रतिनिधि सभामा सीताराम मेहता र प्रदेश सभामा क्रमशः हेमकर्ण पौडेल र राजीव कोइराला उम्मेद्वार बनेका छन् । डम्बर सुवेदी उर्फ हिमाल कलेज पढ्दा पढ्दै पार्टी राजनीतिमा सक्रिय बनेका हुन् ।

जन्म स्थान धनकुटा रहेका सुवेदी सुनसरीको भरौल हुँदै अहिले इटहरी उपमहानगर पालिका ३ नं. मा स्थायी बसोबास गर्छन् । २५ वर्से सक्रिय राजनीतिक अनेक उतार चढाव र अनुभव सह्मालेका डम्बरले मजदुर संगठनबाट सक्रिय राजनीति सुरु गरेका थिए । उनी यही क्षेत्र र फाँटको जिल्ला प्रमुख हुँदै केन्द्रीय नेतृत्व तहसम्म पुगेका हुन् । यसपछि पार्टीको पूर्णकालीन कार्यकर्ता भई धनकुटा जिल्लाको प्रमुख रहेर सक्रिय र सशक्त भूमिका निर्वाह गरेका सुवेदीले जनमुक्ति सेना कम्पनी कमिसार अनि ब्रिगेड कमिसार रहेर तत्कालीन पार्टी अभिभारा पूरा गरेका हुन् ।

यस पश्चात् सुनसरी जिल्ला इन्चार्ज रहेर कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरेका सुवेदी अहिले पार्टीको पोलिटव्यूरो सदस्य रहेका छन् । विगत संविधान सभा सदस्यका लागि यही सुनसरीको छ नम्बर क्षेत्रबाट उम्मेद्वार भएर प्रबल प्रत्यासीको अनुभव ग्रहण गरेका डम्बरसित शस्त्र र शास्त्र बलको अनुभव रहेको देखिन्छ । उनको बडिल्याङ्वेजले नै उनमा निहित कतिपय सकारात्मक विशेषता बताउँछ । डम्बर सुवेदी र सर्वध्वज साँवा दुवै कम्युनिष्ट वा बाम विचारका संवाहक हुन् । यही विचार,चिन्तन र चरित्रले यी दुवै पात्रलाई आन्दोलनमा जुटाएको र उठाएको हो ।

त्यसैले आम बाम तथा कम्युनिष्ट कार्यकर्ताहरु व्यक्तिलाई भन्दा विचारलाई सर्वोपरि ठान्छन्, विशेषता, क्षमता र विज्ञतालाई महत्व दिन्छन् । जन प्रतिनिधि छनौट गर्ने यथार्थ र वास्तविक कडी पनि यही हो । राजनीति शास्त्रमा स्नातकोत्तर शिक्षा प्राप्त सर्वध्वज साँवा ०३५ सालदेखि तत्कालीन माले पार्टीकालमा भूमिगत भई राजनीतिमा सक्रिय व्यक्तित्व हुन् । सुनसरी जिल्ला पार्टीको सदस्य सचिवालय सदस्य हुँदै अहिले प्रदेश नं.१ पर्टी सदस्यको जिम्मारीमा रहेका साँवा इटहरीका इमान्दार, मिलनसार तथा विकासपे्रमी प्रथम मेयरको समृद्ध अनुभव सम्हालेका व्यक्तित्व हुन् ।

बाम तालमेलका कारण साँवा प्रदेश सभा सदस्यका लागि उम्मेद्वार हुन पुगेका हुन् । त्यसैगरी विशेष परिस्थितिमा बाम तालमेलका क्रममा नेता र कार्यकर्ताको विशेष व्यवस्थापन गर्दा डम्बर सुवेदी सुनसरी २ नं. क्षेत्रको प्रतिनिधि सभाको उम्मेद्वार हुन पुगेका हुन् । डम्बर सुवेदी हुन् वा सर्वध्वज साँवा हुन् दुवै शालीन,सौम्य र शान्त मुखमुद्रा जन्य प्रस्तुतिबाट पनि तिनका विशेषताहरु थाहा हुन्छ । उता सीताराम मेहता निरन्तर प्रतिनिधि समा सदस्यमा विजयी उम्मेद्वार हुन् । उनको पकेटमतलाई अर्का कांग्रेसका पुराना तर एमाले पार्टीमा सगौरव प्रवेश गरेका कुशल नेता रामप्रसाद मेहताले आफ्ना पक्षमा पारिरहेका छन् ।

उनका कारण त्यस क्षेत्रका कांग्रेस अगुवा कार्यकर्ताहरु एमाले प्रवेशको लहर नै सुरु भएको एमाले नेता खेमराज पोखरेल बताउँछन् । रामप्रसाद मेहतासहित डम्वर सुवेदीको चुनावी प्रचारको लहर निक्कै उत्साहजनक रहेको युवा नेता वसन्त सुवेदीले बताए । यता साँवाको निष्कङ्क,इमान्दार पारदर्शी राजनीतिक चरित्र र चिन्तनले हेमकर्ण पौडेललाई धेरै भारी हुन थालेको माओवादी केन्द्रीय सदस्य सागर सुवेदीले उल्लेख गरे । हुन पनि कुनै पनि पार्टीको नेता र कार्यकर्ता कुनै पनि खतबात नलागेकै हुनुपर्छ अझ जनप्रतिनिधिका रुपमा उम्मेद्वारी हुने र दिने कुरामा अझ होस गर्नुपर्छ । जुवाको खालबाट पक्राउ पर्नु, सार्वजनिक मुद्दा वापत सजाय पाउनु, नेल हतकडीसहित सार्वजनिक हुनु मुद्दा लाग्नु जस्ता अनेक गैरराजनीतिक गतिविधिलाई पनि राजनीतिसित जोड्ने गरिन्छ । यस खालको गतिविधिले कुनै पनि पार्टीमा जन आकर्षण बढ्दैन ।

साँवा हरहिसाबले क्लीन रहेका छन् । उनी मेयर भएकै समयमा इटहरीले कायापलट गरेको यही लेखकको पनि प्रत्यक्ष अनुभव रहेको छ । आफ्नो कार्यकालमा इटहरीको बहुआयामिक विकासको बलियो जग बसाएको हुनाले सर्वध्वज साँवाको व्यक्तित्व राष्ट्रव्यापी बन्न पुगेको हो । कामले नै काम सिकाउँछ । विकास निर्माण र जनताको हित साधन गर्ने सबालमा समृद्ध अनुभव हासिल गरेका सर्वध्वज साँवालाई विजयी गराउनु इटहरीको नाक राख्नु हो । साँवा र सुवेदीको विजयले मात्र आम नगरवासी तथा क्षेत्र नं. २ का जनताको शान,मान र इज्जत मात्रै बढ्ने होइन आर्थिक समृद्धिमा पनि गहकिलो टेवा पुग्ने देखिन्छ । यो पङ्तिकार त लेखक हो कमजोरी देख्ने बित्तिकै अहिले तारिफ गरेका पात्रहरुको पनि कमजोरीलाई छाँस्ने छ । एउटासम्म कलुषित दाग नलागेका साँवा र सुवेदी नै यस नगर र क्षेत्रका आशलाग्दा र भरपर्दा जनप्रतिनिधि हुनसक्छन् ।

यही चुनावी अभियान र परिणामलाई यस लेखकले अत्यन्त दूरदर्शी र दूरगामी ठानेको छ । अहिले देशको सुरक्षा,स्थिरता,समृद्धि र समुत्थानलाई शीर्षस्थ स्थानमा राख्ने अवस्था हो । यो बाम तालमेल र भावी दिनमा हुने एकता एक जुगमा एकचोटि मुस्किलले आएको अत्यन्त मूल्यवान् घडी हो । एमाले र माओवादी केन्द्रका तमाम नेता,कार्यकर्ता र समर्थकले यस तालमेलको दूरगामी र दूरदर्शी उद्देश्यलाई अवश्यै मनन गर्ने छन् । विगत दश बर्से कालका माओवादी केन्द्रका कतिपय गतिविधिका कारण एमालेका नेता, कार्यकर्ता र समर्थक वा मतदाताहरु हैरान हुनु पर्ने कुनै कारण देखिँदैन ।

मानौँ घरको एउटा सदस्य घर झगडा गरेर, घरमा सानोतिनो विध्वंश गरेर ठूलो पौरख गर्छु भनेर घर छाडेर गयो तर समय क्रममा अनेक हण्डर,ठक्कर र भुक्तमान खपेर र खाएर अब म सप्रिन र सच्चिन चाहन्छु भनेर घरका अभिभावकसित नम्र निवेदन सहित घर फर्कियो भने त्यसलाई घरबाट लघार्न सकिन्न, परिवारको त्यो सदस्यलाई परिवारले नै त्यसलाई निषेध गर्नै सक्तैन । राष्ट्रिय राजनीतिको एउटा उदाहरण पारिवारिक घर पनि हुनसक्छ । बाम तालमेल र एकताबाट नेपाली कांग्रेस धेरै नै अताल्लिएको देखिन्छ ।

यस कुराबाट भारतीय सरकार र सत्ता झन् धेरै आत्तिएको पाइन्छ । दलाल पुँजिवादी र तिनका रक्षक पार्टीलाई जिताई सरकार बनाइएर नेपाललाई उद्योग र व्यापारका नाममा लुट्न चाहनेहरुको ओठमुख सुकेकोे अवस्था छ । त्यसैले नेपाली कांग्रेसले इटहरी उपमहामनगर पालिकामा भएको सिएफएल घोटाला काण्डलाई अतिरञ्जित गर्न थालेको देखिन्छ । इटहरी उपमहानगर पालिका वार्ड नं.९ का निर्वाचित वडा सदस्य तथा नगरपालिका द्वारा निर्मित सिएलएफ घोटाला छानबीन समितिका सदस्य गणेश खत्रीले जसले भ्रष्टाचार गरे पनि सजाय दिलाउने बताए ।

खत्रीले एमाले वा बाम गठबन्धनले चरम भ्रष्टाचार गरेर जेल जीवन भुक्तान गरेर थुनामुक्त भएका खुम बहादुर जस्ता नेतालाई सय किलोको फूलमाला पहि¥याएर तुल व्यानर सहित हर्क बढाइँ गरिँदैन भन्दै कांग्रेस पार्टी प्रति कटाक्ष गरे । स्वयं हेमकर्ण पौडेलले इटहरी उपमहानगर पालिकामा भएको नागरिक समाजका पदाधिकारी र सदस्य सहितको एक बैठकमा मेयर द्वारिकलाल चौधरीको आर्थिक इमान्दाररिताका विषयमा हाँसपोसा गाउँ पालिका हुँदा देखि नै परिचित रहेको बताएका थिए ।

नगरपालिकाको चेकमा मेयरको सही चल्दैन,नगर पालिका बोर्ड बैठकले निर्णय गर्छ र तदनुसार नगरपालिकाको नियम कानूनका अधीनमा रहेर अधिकृतले सारा खरिद प्रक्रिया अगाडि बढाउँछन् । नगर पालिकाको अधिकृत भनेको तमाम विकास,निर्माण,खरीद बिक्री जस्ता विषयको विज्ञ हो र हुन्छ । उसैले मातहत कर्मचारी पनि परिचालन गर्छ । तर इटहरी उपमहानगरको अधिकृत किन दुई महिना भित्रै यहाँबाट सरुवा भएर गए । कम्तीमा दुई वर्ष कार्यकाल भएका अधिकृत सिएफएल काण्ड रातारात सम्पन्न गरेर किन सरुवा भए ? तिनले सिएफएल खरिदको भुक्तान गरिहाल्ने हतारो किन गरे ? मेयर द्वारिकलाल चौधरीले नगरका एकाध कर्मचारीलाई हात लिएर अधिकृतले गरेको काम अत्यन्त संदिग्ध रहेको बताए, चौधरीले १५,१५ दिनमा मेयरलाई रिपोटिङ गर्ने काम पनि गरेनन् । अधिकृतले नगरका यतिका महत्वपूर्ण कामका बारेमा मेयरलाई कुनै जनकारी नै नदिएको पत्रकार सम्मेलनमा बताएका थिए ।

अहिले त बाम तालमेलबाट बहुमतको सरकार बनाउने गरी अझ दुई तिहाइ समेत ल्याएर स्थायी र स्थिर सरकार बनाउने माहौल बनिरहेको बेला हो । नेपालमा स्थिरता र विकास चाहने चीन नेपालमा आर्थिक भौतिक सहयोग ओइ¥याउन चाहन्छ र चीन यसो भयो भने खुसी हुन्छ । तर भारतीय शाषक सदासर्वदा नेपाल अस्थिर र अविकसित भएकोमा आफ्नो स्वार्थ देख्छ । भलै प्रतिद्वन्द्वीका रुपमा नेपाली काङ्ग्रेसहरुका बीच प्रतिस्पर्धा त हुने नै भयो तथापि संयुक्त बाम दल एक ढिक्का भएको यो अवस्थामा बाम उम्मेद्वारहरुले प्रतिस्पर्धी सबै उम्मेद्वारहरुलाई करारी हार गराउने पर्यवेक्षकहरु बताउँछन् । यस विषयमा सुनसरी जिल्ला अध्यक्ष समेत भइसककेका एमाले पूर्व सभासद् रेवती भण्डारीले दुई नम्बर प्रदेशमा मत अन्तर केही घटीबढी भए पनि बाम तालमेलका सबै उम्मेद्वार विजयी हुने बताए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved