सुनसरीको इटहरी २ मा रहेको माईती नेपाल परामर्श तथा पुर्नस्थापना गृहले बिभिन्न बाहानामा बेचबिखनमा परेका करिब १६ जना महिलालाई ५ महिने सिपमुलक तालीम प्रदान गरेको छ । लामो समय देखि महिला बेचखिनको क्षेत्रमा काम गर्दै आएको माईती नेपालले उद्धारका साथै आत्म निर्भर बनाउनका लागी बिभिन्न सिप मुलक तालीम प्रदान गर्दै आएको हो ।
अन्तराष्ट्रिय समस्या बनेको बेचबिखनलाई कम गर्न तथा बेचबिखनमा परेकालाई पुर्नस्थापना गराउदै आएको माईती नेपालले यो पटक सिपमुलक तालीम अन्र्तगत सिलाई बुनाई, चायल्ड केयर लगायतको तालीम प्रदान गर्दै समापन कार्यक्रम संगै बिदाई समेत गरिएको माईती नेपालकी कार्यक्रम संयोजक सुनिता कार्कीले बताइनी । ६ महिना सम्म तालीम लिएर बिदाई हुने सबैजनाले आत्मनिर्भर हुने गरि समाजमा पुर्न स्थापना भए पछि काम गर्नु पर्ने र अरुलाई पनि आत्मनिर्भर बनाउन सहयोग गर्नु पर्ने कार्यक्रममा उपस्थित अधिकांश बक्ताहरुले बताएका छन् ।
मानव बेचबिखनको संजाल राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरसम्म फैलिएको छ यसको न्युनिकरणमा माइृती नेपालले खेलेको भुमिका निकै महत्वपुर्ण रहेको कार्यक्रममा प्रमुख अतिथि तथा इलाका प्रहरी कार्यालय इटहरीका डिएसपि धमराज भण्डारीले बताए । त्यसै गरि मानव बेचबिखनको सचेतना भएर मात्र नहुने यसको लागी हाम्रो शिक्षा प्रणालीमा पनि परिवर्त गर्नु पर्ने बताए । कार्यक्रममा माईती नेपालका क्षेत्रिय कार्यक्रम अधिकृत गोविन्द धिमिरेको सभापतित्व रहेको थियो ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved