गरिबका मिर्गौला, धनीका जीवन कौडीका भाउमा बेचिन्छन्, काभ्रे कसरी भयो मिर्गौला बैंक ?

  • प्रकाशित मितिः असार ७, २०७५
  • 1208 पटक पढिएको
  • Mausam

 
 
 
 

गरिबका मिर्गौला, धनीका जीवन

 
 
 

फाइल तस्बिर

काठमाडौं, ६ असार । गरिबका मिर्गौला धनी नेपाली र विभिन्न देशका नागरिकका लागि बेचिने गरेको छ । कतिपयले मिर्गौला बेचेर गर्जो टार्ने काम समेत गर्दै आएको पाइएको छ ।

नेपालमा व्याप्त रहेको मिर्गौला रोगीका समस्या समाधानका लागि सरकारले केही राहतका योजना अघि सारेको बताइए पनि त्यसले काम गर्न सकेको छैन । तर ग्रामिण बस्तीमा स्वस्थ्य अवस्थामा रहेका मानिसको मिर्गौला झुक्याएर, फकाएर र रकम दिएरै पनि झिकिने गरेको तितो तथ्य दोहोरिरहेको छ ।

केही समय अघि भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा बनेपा नगरपालिका २ का ३० बर्षीया कुमार गिरीको पत्थरीको सल्यक्रिया गर्ने भन्दै झुक्याएर मिर्गौला निकालिएको निकालिएको थियो ।

मोरङका थर्क बस्नेतले नक्कली कागजपत्र तयार पारी छोरा बनाएर उनको मिर्गौला झिकेका थिए । गिरीलाई सुविधा दिने र विश्वास जितेर मिर्गौला झिकिएको थियो । यसकारण धनीले गरिबलाई काखमा राखेर कोखमा हान्ने काम छाडेका छैनन् ।

नाता प्रमाणीकरणको नक्कली कागजपत्रका आधारमा केन्द्रले गिरीको मिर्गौला निकालेर बस्नेतलाई प्रत्यारोपण गरिदिएको थियो । यस्तो तरिका र नाटक कतिपय अस्पतालले नै सिकाउने गरेका कारण तस्कर र धनाड्य समुह अहिले गाउँ गाउँमा आफ्ना लागि मिर्गौला खोज्न नाता, कृपा र सेवाको भावनामा अघि बढिरहेको हुनसक्ने अनुमान गरिएको छ ।

बनेपा, काभे्रपलाञ्चोक जिल्लामा अझै पनि मिर्गौला तस्करी रोकिएको छैन । दलालले मिर्गौला बेच्न महिलालाई पत्नी भएको कागज बनाउने र काठमाडौँमा रगत जाँचेर घुम्ने बहानामा भारत लगेर मिर्गौलाको तस्करी भइरहेको स्थानीयवासी नै बताउँछन् ।

केही समय अघि मेथिनकोटकी एक ३५ वर्षकी गृहिणीले भारतमा गएर आफ्नो एउटा मिर्गाैला तीन लाख ७५ हजारमा बेचिन् । दुई सन्तानकी आमा उनले वैदेशिक रोजगारका क्रममा दुई वर्षअघि मलेसियामा पतिको मृत्यु भएपछि ऋण तिर्न मिर्गौला बेचेकी बताएकी थिइन् ।

‘चार लाख ऋण थियो, खेतबारीबाट आम्दानी छैन, तिर्ने उपाय नभएपछि बेचेकी हुँ’ उनले भनेकी थिइन् । पति विदेश जाँदा र त्यसपछि लागेको ऋण तिर्न आफ्नो शरीरको संवेदनशील अङ्ग बेचेको उनले निर्धक्क बताएकी थिइन् । उनको मिर्गौला निकाल्दा चिरेको पेटमा प्लास्टिक सर्जरी गरी पठाएकाले उनलाई कसैले शङ्का गर्ने ठाउँ पनि थिएन ।

फूलबारीका तीनजना युवाले एकैसाथ मिर्गौला बेचेर फर्किए । उनीहरूले जनही दुई लाख पाएको स्थानीयले बताएका थिए ।

मिर्गौला बेचेर आएपछि शरीरमा ठूलो घाउ–खत हुँदा परिवार र छिमेकीसँग लुकेर नुहाउनुपर्ने बाध्यता हट्ने भएपछि विपन्न वर्गका मानिसले मिर्गौला बेच्न हौसिएका छन् । होक्से–१ स्थित एक ठकुरी परिवारका सात जनाले मिर्गौला बेचेपछि दुई वर्षअघि गाउँ नै छाडेका थिए ।

केही वर्षअघि ‘बैंक अफ किड्नी’ भनेर देश–विदेशमा प्रचारमा ल्याइएको काभ्रेपलाञ्चोकमा २० वर्षअघिदेखि मिर्गौला बेचबिखन भइरहेको थियो ।

सुरुमा काभ्रेपलाञ्चोकको होक्से र ज्याम्दी गाविसका करिब १०८ जनाले मात्रै मिर्गौला बेचेको अनुमानित तथ्याङ्क छ तर अहिले त्यसबाट जिल्लाका १० गाविस प्रभावित भएको अनुमान छ ।

मिर्गौला बेच्ने क्रम नरोकिएपछि जिल्लास्थित जनअधिकार संरक्षण मञ्च (पिपिआर)ले मिर्गौला बेच्नेको तथ्याङ्क सङ्कलन तथा उनीहरूको अवस्थाबारे अनुगमन गरेको थियो ।

प्रारम्भिक अनुगमनमा काभे्रका कम्तिमा तीन सय जनाले मिर्गौला बेचेको पाइएको थियो । होक्सेमा ११२ जना, पाँचखालमा १०२ जना र ज्याम्दीका ५६ जनाले आफ्नो एउटा मिर्गौला बेचेको तथ्याङ्कमा देखिएको थियो । यसको तथ्यांक अझ बढेको हुनसक्ने अनुमान गरिएको छ ।

उजुरीपछि २०७० वैशाखमा मिर्गौला तस्करीमा संलग्न १० जनालाई जिल्ला प्रहरी कार्यालय काभे्रपलाञ्चोकले पक्रेपछि त्यहाँबाट केही समय मिर्गौला तस्करी रोकिएको थियो । लगत्तै जेठमा तस्करमध्येका सातजनालाई प्रहरीले पुर्पक्षका लागि थुनामा राखेको थियो ।

मानव बेचबिखन तथा ओसारपसार ऐन, २०६४ अन्तर्गत १० वर्ष कैद र दुई लाखदेखि पाँच लाखसम्म जरिवाना सजाय हुन्छ । पीडकलाई गरिएको जरिवानामध्ये आधा रकम भने पीडितलाई क्षतिपूर्ति भराइदिने कानुनी व्यवस्था छ ।

काभ्रे मात्र होइन विभिन्न जिल्लामा अब मिर्गौला बेच्ने लहड नै चलिसकेको छ । गोरखाका १९ बर्षिय दीपक नेपाली रोजगारीका लागि पोखरा बस्थे । मजदुरी गर्दै आएका उनको साउनमा दुई नयाँ मानिससँग भेट भयो । दुबैले उनलाई उद्योगमा काम लगाइदिने भन्दै फकाए । काँचो उमेरका दीपकलाई आर्कषक काम र राम्रो आम्दानीको प्रलोभनमा पारेर काठमाडौं आएका उनी जिम्मा लगाएका व्यक्तिसँगै खाजा खाएका दीपक होस खुल्दा भारतको एक अस्पतालको बेडमा थिए ।

भारतको गाजियाबाद अस्पतालमा केही दिन बसेपछि उनलाई केही रकम दिएर घर पठाइयो । घर फर्केका दीपक त्यसपछि बिरामी भए । उपचारका लागि चितवन मेडिकल कलेज पुगेका दीपकलाई चिकित्सकले मिर्गौला किन झिकेको भन्दा पो बल्ल उनले भारत लगेर आफ्नो मिर्गौला चोरिएको पत्तो पाएका थिए ।

महानगरीय प्रहरी अपराध महाशाखाले दीपकको घटनाको अनुसन्धान क्रममा पक्राउ परेका तीनजनाको बयानले नेपालका ठूला सहर र ग्रामीण क्षेत्रमा मिर्गौला तस्कर सक्रिय रहेको खुलेको छ । महाशाखाले पक्राउ गरेका प्रकाश बस्नेत, भिमप्रसाद न्यौपाने र विकास भन्ने बिनुबहादुर तिमल्सिना तथा फरार अन्य दुईले दीपकलाई जस्तै झुक्याएर पाँचजनालाई भारत पुराई मिर्गौला झिकेको खुलिसकेको थियो ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved