आमा मैले दुखमा पनि बाच्न सिकिसके
रोदन र पिडाॅंलाई पनि लुकाएर हास्न सिकीसके
जन्म घर छोडे देखी!!
हरपल हजुरको यादले सताउदा
कसैले थाहाॅं नपाउने गरी रुन्छु घरी घरी
कहिले बार्दली त कहिले बाथरुमा पसी
जन्म घर छोडेदेखी।।।।।
मेरा हरेक आनि बानिमा परीवर्तन भएको छ
लाउने लुगा देखी
बोलिने भाषामा सम्म परीवर्तन आएको छ।
ममा ब्वहारीकता र परिपक्वता आएको छ!!!
हिजो सम्म हजुरलाई सबैकुरा सेयर गर्ने
मेरो बानि परिवर्तन भएको छ
अचेल त झुट पनि बोल्ने भएको छ
जन्म घर छोडेदेखी!!!!
अब मैले हजुरलाई भेट्न आउन पनि
कसैलाई सोधेर आउनु पर्छ
कोही सॅंग बोल्न पनि डराउनु पर्छ
खाने र लगाउने कुरामा पनि मैले डराउनु पर्छ!!!
हिजो सम्म ढिलो गरी उठ्दा
पढ्नु पर्छ भन्दै उठाउनु हुन्थ्यो
राति सम्म नसुत्दा बिरामी पर्छ
भन्दै सुताउनु हुन्थ्यो!!!!
अब त छिट्टै उठ्न थालेकि छु
सबेरै उठेर घर पोत्ने भएकी छु
हिजो सम्म काम नगर्ने म
अब त सबैकाम गर्ने भएकी छु!!
जन्म घर छोडे देखी म परीवर्तन भएकी छु।।,
जमुना क्षेत्री
ईटहरी
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved