खुकुरी प्रहार गरी हत्या प्रयास

  • प्रकाशित मितिः असार ८, २०७५
  • 914 पटक पढिएको
  • Mausam

सिरहाको मिर्चैया नगरपालिका– ११ गदहवा निवासी एक युवकमाथि आज बिहान खुकुरी प्रहार गरी हत्या प्रयास भएको छ ।मिर्चैया नगरपालिका–११ गदहवा निवासी २१ वर्षीय धीरज यादवमाथि पाँच÷छ जनाको समूहले खुकुरी प्रहार गरी हत्या प्रयास गरेका थिए । ती समूहको आक्रमणमा परी गम्भीर घाइते भएका यादवको मिर्चैयास्थित मंगलम हेल्थकेयरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यादवको टाउकोमा २१ वटा टाँका लगाइएको छ भने शरीरभरि नीलडाम रहेको प्रहरीको भनाइ छ ।

आफ्नै घरमा सुतिरहेका बेला बिहान करिब २ बजेतिर आएका समूहले ढोका खोल्न लगाएर बाहिर बोलाई छोरामाथि आक्रमण गरेको घाइतेका बुबा हरि यादवले बताउनुभयो ।सो घटनामा संलग्न रहेको आरोपमा स्थानीय तीन जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक दीपक खड्काले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved