म प्रदेश-१काे मुख्यमन्त्री : शेरधन राई

  • प्रकाशित मितिः पुष, १६, 2074
  • 114 पटक पढिएको
  • समय अनलाइन

नेकपा एमालेका नेता शेरधन राईले अबको दुई हप्ताभित्रै केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन हुने दाबी गरेका छन्। सोमबार रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कारमा उनले केपी अाेली नेतृत्वमा केन्द्रीय सरकार र प्रदेश नम्बर १ मुख्य मन्त्री अाफु बन्ने दाबी गरेका हुन्।

वाम गठबन्धनले सरकार बनाउने गृहकार्य सुरु गरिसकेको छ, हामी साना÷मसिना दलहरुलाई समेत समेट्नगरि गृहकार्यमा जुटेका छौं, अबको दुई हप्ताभित्र नयाँ सरकार बन्छ।’, उनले भने,‘ ‘सरकारको नेतृत्व कसले गर्छ भन्ने प्रश्न अब प्रश्न रहेन, दुनियाँलाई थाहा भएको कुरा हो नि, यसमा अब कुनै विवाद, शंका वा द्धिविधा छैन्, हाम्रो पार्टीका आदरणीय अध्यक्ष केपी ओलीले सरकारको नेतृत्व गर्नुहुन्छ।’

उनले पार्टी एकताको कारणले सरकार गठनमा कुनै ढिलाई नहुने समेत जिकिर गरे । उनले भने,‘तत्काल पार्टी एकता हुँदैन, अहिले हाम्रो ध्यान सरकार गठनमा केन्द्रित छ, सरकार गठनको काम टुँगोमा पुगिसकेपछि हामी एकता प्रक्रियाको लागि जुट्छौं, त्यसैले सरकार गठनपूर्व पार्टी एकता नहुनपनि सक्छ।’ यद्धपी नेता राईले जनताले पार्टी एकताको लागि जनमत दिएको उल्लेख गर्दै पार्टी एकतापनि तत्काल सुरु हुने विश्वास दिलाए । उनले भने, ‘को कहाँ बस्ने रु वा नेताहरुको व्यवस्थापन भन्ने कुरा यो नितान्त प्राविधिक विषय हो, यसलाई हामी बडो ईमानदारीपूर्वक र समझदारीपूर्वक टुँग्याउँछौं।’

उनले सरकारको नेतृत्व एमाले र माओवादी केन्द्रवीच आलोपालो भन्ने विषयमा अहिले कुनै निश्कर्ष ननिस्किएको समेत स्पष्ट पारे। ‘आलोपालोको विषयमा पनि छलफल चलिरहेको छ, अहिले नै यही हुन्छ भन्न सकिने अवस्था छैन’ राईले भने। २५ वर्षअघिदेखि वामपन्थीहरुको बहुमतको सरकार बनाउने जनताको चाहना यो पटक पूरा भएको समेत उनको भनाई थियो । ‘वामपन्थीहरुको बहुमतको सरकार बनेको हेर्ने जनताको चाहना पूरा भएको छ’ राईले भने,‘लगभग दुई तिहाई नजिक वाम गठबन्धनको पक्षमा मत खसेको छ, यसले मुलुकमा शान्ति, स्थिरता, विकास र समृद्धिको ढोका खोलिदिएको छ।’

निर्वाचन सम्पन्न भएको यतिका दिन वित्दापनि वर्तमान सरकारले राष्ट्रिय सभासम्बन्धीको अध्यादेशलाई अड्को थापेर विवाद र बहस सिर्जना गरेको उनले आरोप लगाए । उनले भने,‘वर्तमान जनादेशबारे अहिलेको सरकारलाई राम्रो थाहा छ, जनमतको सम्मान गर्दै छिटो भन्दा छिटो मार्गप्रशस्त गर्नुपर्ने हो, तर यो सरकारले जनमतलाई अपमान गर्दैछ, अध्यादेशको नाममा देशलाई केही दिन बन्धली बनाउन सकिन्छ कि भनेर गलत काम गर्दैछ।’

अध्यादेशबारे राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत वर्तमान सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसले विवादमा ल्याउने काम गरेको उनको आरोप थियो । उनले भने,‘अध्यादेशबारे राष्ट्रपति महोदयलाई दोष लगाउनु वा आरोप लगाउनु नाजायज र गलत छ।’ वर्तमान सरकार सहमति तोडेर अघि बढ्ने प्रयासमा उद्धत रहेको समेत उनले आरोप लगाए।

उनले भने,‘अवरोधको स्थिति स्वयम् सरकारले सिर्जना गरिरहेको छ, यो गलत हो, संविधान र कानून अनुसार पो देश चल्छ त रु आफूले भनेको मात्रै हुनुपर्छ भनेर पनि हुन्छ त रु, नेपाली कांग्रेसले जहिल्यैपनि सहमति उल्लंघन गर्दै आएको छ, यो कुरा देश र जनतालाई राम्रोसँग थाहा छ।’ राष्ट्रिय सभाको गठनबारे ड्राफट गर्दाखेरि नै एकल संक्रमणीय नभएर बहुमतीयको आधारमा भन्ने सहमति भएपनि अहिले सरकारले एकल संक्रमणीय भन्नु गलत र सहमतिको ठाडो उल्लंघन भएको उनको गुनासो छ ।

‘प्रदेश नम्बर १ को मुख्यमन्त्री बलियो दावेदार हुँ’

रार्इले प्रदेश नम्बर १ को मुख्यमन्त्रीकाे अाफु बलियाे दावेदार भएकाे बताएका छन् ।  ‘म प्रदेश नं १ को मुख्यमन्त्रीको बलियो दावेदार हुँ ।’उनले भने,’मैले संविधानसभा, दुर्इ पटक प्रतिनिधिसभा, संसद्को सुशासन तथा अनुगमन समिति, सरकारको प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री समेत गरी एमालेकाे पोलिटब्युरो सदस्य एवं प्रदेश नं १ को सहसंयोजकको हैसियतमा जिम्मेवारी लिएर काम गरिरहेको व्यक्ति प्रदेशसभा सदस्यमा चुनाव लडेर भारी मतले निर्वाचित भएको छु ।’

उनले आफूलाई भावी मुख्यमन्त्रीका रूपमा हेरिनु बिल्कुल स्वाभाविक भएको  बताए । आफू मुख्यमन्त्री भएपछिका  प्राथमिकताका एजेन्डाहरु समेत आजको साक्षात्कारमा सार्वजनिक गरेका छन् ।

उनका अनुसार प्रदेश नं १ आफैँमा एउटा सुन्दर, राम्रो आधार र सम्भावनाको प्रचुरता भएको प्रदेश हो । प्रदेश नं १ विश्वको सर्वोच्च शिखर सगरमाथासहित थुप्रै अग्ला हिमालहरूको प्रदेशमा पर्छ । उनले भने,‘यो क्षेत्र राम्रो संभावना र आधार बोकेको क्षेत्र हो, यहाँको विकासको लागि म कुनै कसर पनि बाँकी राख्दिन्।’

त्यस्तै उनले यो प्रदेशमा नदीनाला, तालतलैयाहरु प्रशस्त रहेको उल्लेख गर्दै भने,‘सप्तकोशी नदीको प्रदेश भन्नेबित्तिकै ठूला नदीनालाहरू यहीँ पर्छन् र कुल जलविद्युत् उत्पादन क्षमताको एक तिहाइभन्दा बढी क्षमता हामीसँग छ, हामीसँग जलस्रोतको कुरा गर्नुहुन्छ भने ३४ हजार मेगावाट क्षमता हाईड्राे छ।’

त्यस्तै उनले उत्तर चीन र दक्षिण भारतसँगको सिधा नाका सम्बन्ध प्रदेश नं १ ले राख्ने बताउँदै थपे,‘ हामी सडक सञ्जालको माध्यमबाट एकै दिनमा चीन, भारत, बंगलादेश र भुटान लगायतका देशहरूसँग जोडिन सक्छौँ । पर्यटकीय गन्तव्य स्थलको कुरा गर्ने हो भने हामी विराटनगर एयरपोर्टलाई अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थलका रूपमा विकास गरेर लाखौँलाख पर्यटक भित्र्याउन सक्छाैं । कृषि उत्पादनको उर्वर भूमिको रूपमा प्रदेश नं १ लाई लिन सकिन्छ । औद्योगिक विकासमा क्रान्ति ल्याउन सकिन्छ । यसरी मूलत कृषि, पर्यटन, जलस्रोत र उद्योगलाई मुख्य आधार बनाएर प्रदेश नं १ लाई नमुना प्रदेश बनाउन सकिन्छ।’

त्यस्तै ६र८ लेनका सडक सञ्जालहरु ब्नाउने, कृषिको उर्वर प्रदेश भएकोले यसलाई आधुनिक रुपमा विकास गर्ने समेत उनको योजना थियो ।


समय आवाज मिडिया प्रा.लि. द्वारा संचालित टिमहरु

सम्पर्क नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

इमेल: samayaaaweekly@gmail.com

प्रधान सम्पादक

N/A

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

N/A

फोटो पत्रकार

नविन बस्नेत

लेखक

विरेन्द्र कार्की

प्रबन्ध निर्देशक

जीवन फुयाल

सह–प्रबन्धक

देशबन्धु कार्की

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

सल्लहकार

बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल

Copyright © 2017 - Samayaonline.com All rights reserved

Website by: Freak Templates