सुनको मूल्यमा यतिबेला निकै उतार चढाव भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि सुनको मूल्य तोलाको १ लाख ४ सय रुपैयाँ कायम गरेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको असर स्थानीय बजारमा पनि परेको हो । सोमबारको तुलनामा आज एकैदिन तोलामा २ हजार २ सय रुपैयाँले सुनको मूल्य बढेको छ । छापावाल सुन हिजो तोलाको ९८ हजार २ सय रुपैयाँ कायम गरिएको थियो ।
यस्तै तेजाबी सुनको मूल्य पनि बढेर ९९ हजार ९ सय रुपैयाँ पुगेको छ । सोमबार तोलाको ९७ हजार ७ सय रुपैयाँ थियो ।
यसैगरी चाँदीको मूल्य पनि एकै दिन तोलामा ६५ रुपैयाँले बढेको छ । सोमबार तोलाको १३ सय १५ रुपैयाँ कायम भएको चाँदी मंगलबार बढेर १३ सय ८० पुगेको महासंघले जनाएको छ ।
यो साताको आइतबार र सोमबार घटेको सुनको भाउ मंगलबार ह्वात्तै बढेको छ । दुई दिन २र२ सय रुपैयाँका दरले घटेको थियो ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved