सिफएल प्रकरण उपमहानगरपालिका अगाडि युवाहरुले एक घण्टा धर्ना

  • प्रकाशित मितिः माघ ४, २०७४
  • 840 पटक पढिएको
  • समय अनलाइन

इटहरी । इटहरी उपमहानगरपालिकाले सिफएल बल्ब खरिद प्रकरणमा आर्थीक अनियमितता गर्नेलाई उनमुक्ति दिन लागिएको उपमहानगरपालिका अगाडि युवाहरुले एक घण्टा धर्ना दिएका छन ।

आर्थीक अनियमितता गर्नेहरुलाई उन्मुक्ति दिन नहुने भन्दै इटहरी क्षेत्रका युवाहरु स्वतस्फुर्त भेला भएर दोषीलाई कारवाहिको माग गर्र्दै दिउँसो १बजे देखि २ बजे सम्म धर्ना दिएका हुन ।

आर्थिक अनियमितता गर्नेहरुलाई कारवाहीको दायरामा ल्याउनु पर्ने माग गर्दै विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर उपमहानगरपालिकाको मुलगेटमै धर्नामा बसेकाहरुले एक घण्टा सम्म सेवाग्राहीलाई समेत भित्र जान दिएका थिएनन । स्थानीय तहमा जनप्रतिनिधिहरु आएपछि विकास निर्माणले गतिलिने र पारदर्सीयताका साथ काम हुने भनेको अपेक्षा गरेको समयमा उट्टै दोषीलाई उन्मुक्ती दिन खोजिएको भन्दै आक्रोशीत बनेका युवाहरुले दोषीलाई कारवाहीको दायरामा नल्याए थप आन्दोलन गर्ने चेतावनी समेत दिएका छन । धर्नामा बसेका युवाहरुले दोषीलाई कारवाही हुनु पर्ने ,जनताले बुझाएको करको सहि सदुपयोग गरिनु पर्ने लगायतका नारा लेखिएका प्लेकार्डहरु बोकेका थिए । सिफएल बल्ब खरिदमा अनियमितता भएको भन्ने विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पुर्वाञ्चल क्षेत्रीय कार्यालयले समेत अनुसन्धान गरिरहेको छ भने उपमहानगरपालिकाले समेत छुट्टै छानविन समिति बनाएको थियो सो समितिले समेत सिफएफ खरिदमा प्रचलित निती नियम विपरित भएको भन्दै प्रतिवेदन वुझाई सकेको भएपनि उपमहानगरपालिकाले दोषीलाई उन्मुक्ति दिन खोजेको आरोप लाग्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved