इटहरी / प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले उदयपुरमा रहेका सुरक्षा निकायसङ जिल्लाको सुरक्षाका बारेमा ब्रिफिङ लिएका छन् ।मङ्गलबार जिल्ला प्रशासन कार्यालय उदयपुर परिसरमा सुरक्षा निकायका प्रतिनिधिसँग भएको छलफलमा जिल्लाको सुरक्षा अवस्थाका बारेमा छलफल भएको हो ।
छलफलका क्रममा प्रमुख जिल्ला अधिकारी विरेन्द्र कुमार यादवले जिल्लामा सुरक्षाको व्यवस्थापनलाई चुस्त दुरुस्त पारिएको बताए । सम्भावित आपराधिक गतिविधिलाई ख्याल गर्दै प्रहरी उच्च सतर्कतामा रहेको उनले जानकारी दिए ।उदयपुरका प्रहरी प्रमुख सुवासचन्द्र बोहराले जिल्लामा प्रहरी भ्यानको आवश्यकता परेको बताएका छन् ।
मन्त्री कार्कीले जिल्लामा सुरक्षा कायम गर्न सरकारले आवश्यक काम गर्ने बताए । जिल्लामा रहेका प्रहरी कार्यालयको मर्मत सम्भार, नयाँ भवन निर्माणमा सरकारले आवश्यक बजेट विनियोजन गरेको बताए ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved