सुनसरी जिल्लाको इटहरी उपमहानगर पालिका ९ स्थित नेकपा एमाले पार्टी कार्यलयमा इटहरी उमनपा कार्यसमितिको आयोजनामा स्थानीय चुनावलाइ मध्य नजर राख्दै कार्यकर्ता भेटघाट तथा अन्तरकृया कार्यक्रम भएको उक्त कार्यक्रमका प्रमुख अतिथि पुर्ब सभामुख तथा नेकपा एमाले का बरिस्ठ उपाध्यक्ष सुबास नेम्वाङ , तथा इटहरी उमनपाका नगर अध्यक्ष यम कुमार सुब्बाको सभापतित्वमा करिब १००/१५० जनाको उपस्थितिमा कार्यक्रम भएको ।उक्त कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख अतिथि सुवास नेङवाङले :- घेरा बन्धि गरेर हाम्रो पार्टी माथि प्राहार भै रहेको छ स्थानीय चुनावमा हाम्रो पार्टीलाइ खाली बनाइ दिन्छौ चुनावमा एक भोट झर्न दिने छैनौ जस्ता सरकारमा बसेका पार्टी हरुले कुरा गरिरहेका छन । नेकपा एमाले जनजाति ,सर्बाहारा बर्गको पार्टी हो। हामि झ्याल बाट छिर्दैनौ हामि छानो उधारेर सरकारमा जादैनौ हामि चुनाब बाट जनताले चुनेर सरकारमा जाने छौ । भारत सग नाका बन्दी हुदा नेकपा एमालेका अध्यक्ष केपी ओलिले आखामा आखा जुधाएर भारत सग झुक्नु भएन हामि बिदेश सग झुक्नु परेन अब नेपाललाइ नाकाबन्दी कहिले भोग्नु पर्दैन हामि समुन्द्र सग जोडिएका छौ समुन्द्री बन्दरगाह नेपालको पनि भएको छ तेसैले हामि अब नाका बन्दिको चपेटामा पर्नु पर्ने छैनौ (.) बैशाख ३० गतेको स्थानीय चुनावमा देश भरी बाट नेकपा एमाले पहिलो पार्टी बन्ने छ हाम्रो पार्टी ले कसैसग तालमेल नगरे पनि नेकपा एमाले पहिलो पार्टी हुनेछ। देशैभरी नेकपा एमाले पार्टी मा प्रवेश गर्नेको जनलहर चलेको छ जनताको उत्साह पुर्बक पार्टी प्रवेशले सरकारमा रहेका पार्टी हरु हतोत्साहित भएर चुनाब सार्ने प्रायास समेत गरिरहेका छन। तेसैले आम जनताले नेकपा एमालेलाई मतदान गरेर यो देश लाई सुखी र समृद्धि बनाउन आतुर भएको देखिन्छ ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved