इटहरी /वैशाख ३० गते हुने स्थानिय निर्वाचन जति नजिकिदैछ चुनावी सरगर्मी पनि उति बढ्दैछ।मुख्य गरी सत्ताधारी गठवन्धन दल र नेकपा एमाले विचनै प्रतिस्पर्धा हुने देखिन्छ।
पुर्वको केन्द्रविन्दुको रूपमा रहेको इटहरी उपमहानगरपालिका पनि यसबाट अछुतो छैन।यहां नगर प्रमुख नेपाली कांग्रेस र उपप्रमुख नेकपा समाजवादीमा भागमा परेको छ।मेयरमा कांग्रेसबाट को हुन्छ अझै अन्यौल छ भने यता उपप्रमुखमा नेकपा समाजवादीको तर्फबाट सामाजिक तथा व्यवसायी लोकप्रिय व्यक्तित्व शैलेश कुमार विष्टको चर्चाले इटहरी तातेको छ।राजनैतिक पारिवारिक पृष्ठभुमी भएका विष्ट एक सफल व्यवसायीका रूपमा उध्योग वाणिज्य संघ इटहरीमा वरिष्ठ उपादक्ष्यको रूपमा काम गरि व्यवसायीहरू माँझ र सामाजिक संस्था जेसीज,लायन्स,खेलकुद संघसस्था आदी मार्फत समाजमा गहिरो छाप छोडी सहयोगी र मिलनसार व्यक्तिको रूपमा चिरपरिचित छन्।
गठवन्धनका अन्य दलले समेत उपप्रमुखमा उनको चर्चासंगै खुलेर साथ दिने देखिएको छ भने व्यवसायीले समेत आफ्नो प्रतिनिधिको रूपमा उनलाई हेरेका छन्।
हाल उनी नेपाल तेक्वान्दो संघ प्रदेश नं १ को अध्यक्षको रूपमा खेलकुद र युवाको क्षेत्रमा सक्रिय छन्।
नेकपा समाजवादी सुनसरी जिल्लाका सचिवालय सदस्य,राष्ट्रिय उध्योग व्यवसायी संघका केन्द्रिय उपादक्ष्य तथा १ नं. प्रदेश संयोजकका रूपमा पार्टीमा क्रियाशिल उनि यदी पार्टीले टिकट दिएमा एमालेकै धेरै साथीहरूको समेत साथ रहने र गठवन्धनका दलविच सहकार्य गरि जित सजिलै निकाल्न सक्ने कुरामा आफु विस्वस्त रहेको वताउछन्।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved