इटहरी । नेपाली कांग्रेसका धरान उपमहानगर सभापति श्याम पोखरेलले नेकपा एमालेले चुनाव अघिनै पराजित मानसिकता प्रदर्शन गर्न थालेको बताएका छन । सामाजिक सञ्जाल दुरुपयोग गरेर भ्रामक, चरित्रहत्या गर्ने प्रयासले एमालेहरुले पराजित मानसिकता प्रदर्शन गर्न थालेको उनले आरोप लगाएका हुन ।
पाँच दलिय गठबन्धनको चुनावी प्रचार समिति गठनका लागि बुधवार होटल सेछमा बसेको संयुक्त बैठकमा उनले उक्त कुरा बताएका हुन। सभापति पोखरेलले स्वर्गिय मेयर तारा सुब्बाको निधन पछि कार्यवाहक मेयर मञ्जु भण्डारीबाट भएका कामहरु जगजाहेर भएको अवस्थामा त्यस्लाई ढाकछोप गरी ओझेलमा पार्न एमालले गलत हथकण्डा अपनाउन थालेको उनको भनाई थियो ।
उनले भने ‘उपनिर्वाचनमा नेपाली कांग्रेसले ऐतिहासीक विजय हासिल गर्दै मेयर तिलक राईको कार्यकालमा भएको उपलव्धिहरुबाट अत्तालिएको एमालेको हथकण्डाले चुनाव अघिनै पराजित भएको संकेत दिएको छ ।’वैठकले सभापति पोखरेल संयोजक, प्रेस सेन्टरका केन्द्रिय सदस्य केशव घिमिरे सहसंयोजक रहेको ३६ सदस्यिय गठबन्धन चुनावी प्रचार समिति गठन गरेको छ। समितिलाई जनता समाजवादी पार्टी र नेकपा एकिकृत समाजवादी पार्टीका पदाधिकारी, सदस्य थप गरी पूर्णता दिने निर्णय गरिएको छ। प्रचार समिति अन्तर्गत विभिन्न विधाका प्रचार माध्यमका उपसमितिहरु गठन गर्ने निर्णय पनि गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved