प्रदेश १ को नाममा दलहरुको अडान कायमै

  • प्रकाशित मितिः श्रावण ६, २०७९
  • 497 पटक पढिएको
  • Bijaya Ojha

विराटनगर / प्रदेश १ को नामकरणमा सहमति जुटाउन बसेको सर्वदलीय बैठक बिना निष्कर्ष टुंगिएको छ। सभामुख प्रदीपकुमार भण्डारीले बोलाएको सर्वदलीय बैठक सहमतिमा पुग्न नसकेपछि बिना निष्कर्ष टुंगिएको हो।

दलहरु सहमतिमा पुग्न नसकेपनि सकारात्मक बातावरण बनेको र फेरि बस्ने सहमति भएको नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले बताए। प्रदेशसभा सचिवालयमा तीन घण्टा चलेको बैठकमा दलहरुले पुरानै अडान कायमै राखेका छन।

बैठकपछि मुख्यमन्त्री मुख्यमन्नत्री राजेन्द्र राईले सहमति हुने आशा व्यक्त गरे। नामकरण टुंग्याउन निरन्तर छलफल हुने उनले बताए । ‘प्रतिशतमा भन्नुपर्दा धेरै प्रतिशत नाम टुङ्गिन्छ भन्ने विश्वास गर्ने खालको प्रस्तुति सबैको छ’, मुख्यमन्त्री राईले भने, ‘हामी करिब करिब मिल्ने स्थितिमा छौं।’

पहिचान नभए अधिवेशन अन्त्य गर्ने पक्षमा मुख्यमन्त्री राई

बैठकमा मुख्यमन्त्री राजेन्द्र राईले बहुपहिचानको पक्षमा नजाने भए प्रदेशसभाको अधिवेशन अन्त्य गर्न सक्ने बताएका थिए। ‘सरकारको सहमति विना संसद चल्न सक्दैन, पहिचान नआउने अवस्था रहे संसद अन्त्य गर्नेसम्मको अभिव्यक्ति मुख्यमन्त्रीबाट आयो,’ बैठकमा सहभागी एक नेताले भने, ‘प्रदेशको यो कार्यकालबाट प्रदेशले नाम पाउने र नपाउने सम्भावना उस्तै उस्तै छ।’

बिहीबार मुख्यमन्त्री राजेन्द्र राईले राम्रो नाम (पहिचानका आधारमा) दिन नसके प्रदेशको नाम राख्ने जिम्मा अर्को संसदलाई दिनुपर्ने बताएका थिए।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved