नेकपा एमाले कोशी प्रदेश अध्यक्षमा घनश्याम खतिवडा विजयी भएका छन्। खतिवडा ३६९ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी विनोद ढकाललाई पराजित गर्दै खतिवडा विजयी भएका हुन ।
यस्तै सचिवमा पाँचथरका राजकुमार भण्डारी, उपसचिवमा झापाकी जलवर्षा राजवंशी र खोटाङका देवान राई विजयी भएका छन । विजयी सबैजना खतिवडाकै प्यानलबाट विजयी भएका हुन् ।
उपाध्यक्षमा भने धनकुटाका टीकराम चेम्जोङ सर्वसहमत निर्वाचित भएका छन । नेकपा एमाले कोशी प्रदेशको हिजो भएको निर्वाचनको मेजर पदाधिकारीहरुको मतगणना सकिएको छ ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved