केपी शर्मा ओलीलेबजेट चाहियो भने मलाई भन्नुहोस्,साढे ९ करोड लागतमा बनेको विद्यालय भवनउद्घाटन

  • प्रकाशित मितिः फाल्गुन १७, २०८०
  • 175 पटक पढिएको
  • समय अनलाइन

इटहरी । नेकपा एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले इटहरीस्थित कचना बुढीगंगा महादेव माविको भवन उद्घाटन गरेका छन् । 

साढे ९ करोड लागतमा बनेको विद्यालय भवन बुधबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको हो । कार्यक्रममा बोल्दै नेता ओलीले इटहरी र सुनसरीलाई सहयोग गर्न आफू सधै तयार रहेको बताए । ‘योजनामा राख्न, बजेट पार्नका लागि मलाई सम्झनुहोस्,’ उनले भने, ‘उद्घाटन ठूलो कुरा होइन, वडाध्यक्षले गरेपनि हुन्छ ।’

उनले सबैका लागि गुणस्तरीय शिक्षा उपलब्धताका लागि आफूले सक्दो सहयोग गर्नेसमेत बताए । ‘सरकारमा भएपनि नभएपनि म तपाईहरुलाई सहयोग गर्न सधै तयार छु,’ उनले भने ।

उनले शिक्षा विकासको लागि पुर्वाधारकले मात्र केही नहुने बताउँदै शिक्षक शिक्षिकाहरुसमेत दक्ष हुनुपर्ने विचार राखे । 

इटहरी वडा नं. ४ मा रहेको उक्त स्कुलको भवन उद्घाटन  गर्ने विषयमा इटहरीका मेयर हेमकर्ण पौडेल र विद्यालय व्यवस्थापन समितिबिच विवाद चुलिएको थियो । व्यवस्थापन समितिले ओलीलाई ल्याएर उद्घाटन गर्ने निर्णय गरिरहँदा पौडेलले भने राम्रो तयारी गरेर पछि उद्घाटन गर्ने गरी तत्काललाई उद्घाटन स्थगित गरेका थिए । व्यवस्थापन समिति र नेकपा एमाले इटहरीसमितिसँग कुरा नमिलेपछि उनी उद्घाटन कार्यक्रममा उपस्थित भएनन् । 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved