इटहरीमा बन्ने भयो बिद्युतीय दाहसंस्कार स्थल

  • प्रकाशित मितिः फाल्गुन १७, २०८०
  • 118 पटक पढिएको
  • समय अनलाइन

इटहरी/ इटहरीमा अत्याधुनिक विद्युतीय शव दाह स्थल निर्माण हुने भएको छ। इटहरी उपमहानगर र कोसी प्रदेश सरकारको साझेदारीमा इटहरीमा अत्याधुनिक विद्युतीय शव दाह स्थल निर्माण हुने भएको हो।

इटहरी उपमहानगर र कोशी प्रदेश सरकारको साझेदारीमा इटहरीस्थित बुढी जमुना मुक्तिघाटमा बिद्युतीय दाहसंस्कार स्थल बन्ने भएको हो। बिद्युतीय दाहसंस्कार स्थल यहि आर्थिक बर्षमा काम सकिने गरि काम अगाडि बढाईने भएको छ। 

बिहिबार कोसी प्रदेशका वन,पर्यटन तथा वातावरण मन्त्री गणेश उप्रेती र इटहरी उप–महानगरका मेयर हेमकर्ण पौडेलको उपस्थितमा इटहरी ४मा रहेको बुढीजमुना मुक्तिघाट इटहरीको किनारमा यसै आर्थिक बर्षमा निर्माण सम्पन्न गर्ने विषयमा निर्णय भएको छ। 

दाउरा बिपन्न तथा गरिवहरुलाई महङ्गो पर्ने र समय पनि धेरै लाग्ने भएपछि इलेक्ट्रिक दाहसंस्कार स्थल बनाउन लागेको इटहरीका मेयर हेमकर्ण पौडेलले बताउनुभयो। दाउराले जलाउँदा दुई तीन घण्टा लाग्ने भएपनि यसमा भने दाहसंस्कार शुरु गरेको ४५ देखि ६०मिनेटसम्ममा शव जलिसक्नेछ ।

इटहरीमा सुविधा सम्पन्न विद्युतीय शवदाह निर्माण गर्न इटहरीका मेयर हेमकर्ण पौडेलले पटकपटक प्रदेश सरकार र संघीय सरकारलाई आग्रह गर्दै आउनुभएको थियो। इटहरी उप–महानगरले घर देखि घाट सम्म स्थानीय सरकार भन्ने नारालाई  सफल बनाउन विद्युतीय शबदाह कोषेढुङ्गा साबित हुने र इटहरीको एउटा आवश्यकता पूरा हुने मेयर पौडेलले दाबी गर्नुभयो।

कोसी प्रदेशमै पहिलो पटक इटहरी उप–महानगर र प्रदेश सरकारको संयुक्त लगानीमा विद्युतीय शवदाह निर्माण गरि सोको सञ्चालन तथा व्यवस्थापन इटहरी उप–महानगरले नै गर्ने मेयर पौडेलले जानकारी समेत दिनुभयो। अहिले इटहरीको बुढी जमुना मुक्तीघाटमा दैनिक सरदर ५वटा शवको दाहसंस्कार हुने गरेको छ ।

करिब ३ करोड ५०लाख रुपैँयाको लागतमा बन्ने शवदाह स्थलमा कोसी प्रदेश सरकारले ७० प्रतिशत र इटहरी उपमहानगरले ३० प्रतिशत लगानी गर्ने समझदारी भएको र तत्काल विद्युतीय शवदाह निर्माण शुरु गर्ने गरी दुवै सरकारको संयन्त्र सम्मिलित प्राविधिक समिती समेत गठन गरिएको छ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved