इटहरीका सामुदायिक विद्यालय सुधारमा उप–महानगरको सङ्कल्प, के छ ? सङ्कल्प पत्रमा

  • प्रकाशित मितिः फाल्गुन २७, २०८०
  • 180 पटक पढिएको
  • जीवन फुयाँल

इटहरी/ इटहरी उप–महानगरपालिकाले आगामी शैक्षिक सत्र २०८१ देखी शैक्षिक गुणस्तर सुधारका लागि २७ बुँदे सङ्कल्प पत्र प्रस्तुत गरेको छ। 

नगर क्षेत्रका विद्यालयहरुको गुणस्तर सुधारका लागि उप–महानगरले सङ्कल्प पत्र सार्वजनिक गरेको हो। उप–महानगरले कडाइका साथ कार्यान्वयन गर्ने महानगरले प्रतिबद्धता पनि जनाएको छ। उप–महानगरले आफूले सार्वजनिक गरेको सङ्कल्प पत्र कडाइका साथ कार्यान्वयन गर्ने भएकाले सहयोगका लागि सबै सरोकारवालाहरूलाई आग्रह पनि गरेको छ। 

इटहरीका मेयर हेमकर्ण पौडेलले बृहत् शैक्षिक अन्तरक्रिया गर्दै सङ्कल्प पत्र कार्यान्वयन गर्न सहयोगको आग्रह गर्नुभयो। बिद्यालय शिक्षाको गुणस्तर सुधार गर्न यी सङ्कल्प प्रस्तावहरूले आमूल परिवर्तन ल्याउने उप–महानगरले दाबी पनि गरेको छ। सङ्कल्प पत्रमा उल्लेखित योजना तथा कार्यक्रमहरूलाई अनिवार्य रूपमा कार्यान्वयनमा ल्याउने पनि उपमहानगरपालिकाले दाबी गरेको छ। 

के छ सङ्कल्प पत्रमा ? 

इटहरी उप–महानगरका जनप्रतिनीधिहरुले अनिवार्य रुपमा सामुदायीक बिद्यालयमा छोराछोरी पढाउनु पर्ने नीति लिएको छ। जनप्रतिनिधिले सामुदायीक बिद्यालयमा छोरा छोरी नपढाएसम्म सामुदायीक बिद्यालयको शैक्षिक गुणस्तर नसुध्रने भएकाले छोराछोरी सामुदायीक बिद्यालयमा पढाउने सङ्कल्प उप–महानगरले गरेको छ।

इटहरी उप–महानगरमा ३६वटा सामुदायिक बिद्यालय छन्। ती बिद्यालयमा जनप्रतिनिधिका छोराछोरीसहित कर्मचारीका छोराछोरी पनि सामुदायीक बिद्यालयमा पढाउनु पर्ने नीति उप–महानगरले लिएको छ। 

यस्तै उप–महानगर अन्तरगतका शिक्षक, बिद्यालय व्यवस्थापन समितिका सदस्यहरूले समेत छोराछोरी सामुदायीक बिद्यालयमा पढाउने सङ्कल्प लिएको छ। 

शिक्षक अभिभावक सङ्घका पदाधिकारीहरूले आफ्ना छोराछोरी कक्षा १० सम्म सामुदायीक बिद्यालयमा पढाउनुपर्ने व्यवस्था गर्ने भएको छ। आगामी शैक्षिक सत्रदेखि नै यो व्यवस्थालाई कार्यान्वयनमा ल्याउने उप–महानगरले जनाएको छ। 

उप–महानगरका मेयर हेमकर्ण पौडेलले यसै शैक्षिक सत्रबाट आफ्ना सन्तान सामुदायीक बिद्यालयमा पढाउने बताउनुभयो। उहाँले भन्नुभयो, ‘म आफै सामुदायीक बिद्यालयमा सन्तान भर्ना गर्छु । मैले आफै भर्ना गरेपछि अरूले पनि भर्ना गर्नु हुन्छ भन्ने अपेक्षा छ’।

जनप्रतिनीधिहरुले सामुदायीक बिद्यालयमा आफ्ना सन्तान भर्ना गरे कर्मचारी र व्यवस्थापन समितिले पनि आफ्ना छोराछोरीलाई सामुदायीक बिद्यालयमै भर्ना गर्ने मेयर पौडेलले बताउनुभयो। 

यसैगरी इटहरी उप–महानगरले शैक्षिक सत्र २०८१देखि ठुला बिद्यालय स्थापना गर्ने उप–महानगरको सङ्कल्प पत्रमा उल्लेख छ। बिद्यार्थी शिक्षक अनुपात, भौगोलिक सेवा क्षेत्र न्यून भएका दुई वा सोभन्दा बढी बिद्यालयलाई बिद्यालय नक्साङन गरी ठुला बिद्यालय स्थापना गरिनेछ। 

राम्रो भएको बिद्यालयलाई बिग बिद्यालय मान्दै वरिपरि रहेका बिद्यालयहरूको पनि शैक्षिक र भौतिक अवस्थामा सुधार गर्ने मेयर हेमकर्ण पौडेलले बताउनुभयो। उहाँले भन्नुभयो बिद्यालयको पूर्वाधार बिकासले मात्रै बिद्यालय सुधार हुँदैन । समग्र बिद्यालयको सुधारका लागि बिग स्कुलको अवधारणा लिइएको हो। 

खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक, स्थानीय पाठ्यक्रम निर्माण 

इटहरी उप–महानगरले खुल्ला प्रतिस्पर्धाबाट बिद्यालयका प्रधानाध्यापक छनौट गरिने योजना अघि सारेको छ। उप–महानगरले अव राजनीति र भनसुनका आधारमा नभई आन्तरिक प्रतिस्पर्धाका आधारमा बिद्यालयमा प्रधानाध्यापक नियुक्त गरिने जनाएको छ। प्रधानाध्यापकको कार्य क्षमताका आधारमा बिद्यालयको सुधार हुन्छ।

बिद्यालयको समग्र सुधारका लागि सक्षम प्रधानाध्यापक छान्न खुल्ला प्रतिस्पर्धा गरिने प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताले बताउनुभयो। यसैगरी उप–महानगरले आफ्नै स्थानीय पाठ्यक्रमलाई लागुगर्ने तयारी गरेको छ।

आगामी शैक्षिक सत्रदेखि कक्षा १–८सम्म इटहरीको सेरोफेरो बिषय सबै बिद्यालयमा अध्यापन गराइने सङ्कल्प पत्रमा उल्लेख छ। उप–महानगरले इटहरीमा थारु बाहुल्यता रहेको क्षेत्रमा थारु भाषामा समेत पठनपाठन गर्न सङ्कल्प प्रस्तुत गरेको छ। 

उप–महानगरले यस अघि नै थारु जातिलाई उप–महानगरको प्रथम जातिको रूपमा घोषणा गरेको छ। प्रथम जातिको रूपमा घोषणा गर्दै थारु समुदायका भाषा, संस्कार र सँस्कृती बिकासका लागि बजेट विनियोजन गरेको उप– महानगरले आगामी शैक्षिक सत्र देखी कक्षा १ देखी ५ सम्म थारु भाषामा पठनपाठन गराउने जनाएको छ। यसका लागि पनि पाठ्यपुस्तक तयारीको काम भएको उप–महानगरपालिकाले जनाएको छ। 

शुल्कमा एकरूपता 

इटहरीमा रहेका संस्थागत अर्थात् निजी बिद्यालयले लिने शुल्कका बिषयमा समेत उप–महानगरले एकरुपता ल्याउने सङ्कल्प प्रस्तुत गरेको छ। पालिका भित्रका निजी बिद्यालयहरूले मनलागि शुल्क लिएको गुनासो अभिभावकहरुले गर्ने गरेका छन्। 

यो समस्याको सम्बोधन गर्न यसअघि नै नगरपालिकाले काम थालेको थियो। स्वघोषणाका आधारमा बिद्यालयको बर्गीकरण गर्ने र बर्गीकरणका आधारमा शुल्क लिन पाउने व्यवस्था गरिएको भएपनि कार्यान्वयनमा जान सकेको थिएन। 

बर्गीकरणका आधारमा उप–महानगरसँग स्वीकृति लिएर संस्थागत बिद्यालयहरूले अभिभावक र बिद्यार्थीसँग शुल्क लिन पाउने उप–महानगरले जनाएको छ। हामी आफै मापदण्ड तोक्छौ। मापदण्डका आधारमा शुल्कमा एकरूपता ल्याउने उप–महानगरले जनाएको छ। 

आगामी शैक्षिक सत्र २०८१ देखी संस्थागत बिद्यालयको शैक्षिक व्यवस्थापनलाई थप व्यवस्थित बनाई सबै प्रकारका शुल्कहरूमा एकरूपताका लागि आवश्यक व्यवस्था मिलाउने उप–महानगरले जनाएको छ। 

पूर्वाधारमैत्री विद्यालय, प्रविधिमैत्री अध्यापन 

बिद्यालयहरूमा आवश्यक न्यूनतम भौतिक पूर्वाधार निर्माण गरी पूर्वाधारमैत्री बिद्यालय बनाउने उप–महानगरले घोषणा गरेको छ। बिद्यालयमा उच्च प्रविधिमैत्री अध्यापन शैली अपनाउने जनाएको छ। त्यसका लागि बिद्यालयमा सूचना प्रविधिको प्रबन्ध, स्मार्ट बोड, सी सी क्यामरा, पुस्तकालय, बिज्ञान प्रयोगशालाको व्यवस्थापन गर्ने जनाएको छ। 

बालबालिकालाई आवतजावतमा सहजताका लागि स्कुल बसको व्यवस्था क्रमशः बिद्यालयमा बिस्तार गर्दै लाने उप–महानगरले उल्लेख गरेको छ। क्रमशः बिद्यालयहरूलाई बस हस्तान्तरण गर्ने योजना उप–महानगरको छ। 

यसैगरी शिक्षकको क्षमता बिकास गर्न पेशागत बिकास कार्यक्रम सञ्चालन गर्ने उप–महानगरले जनाएको छ। यसमा शिक्षकहरूको पेसागत सङ्घ सङ्गठनहरूलाई शैक्षिक गुणस्तर सुधारका लागि कार्यक्रम कार्यान्वयनका लागि उत्प्रेरित गर्ने जनाएको छ। 

सामुदायीक बिद्यालयका प्रधानाध्यापकसँग वार्षिक करार सम्झौता गरिने भएको छ। सम्झौता अनुसार कार्य सम्पादन गर्ने प्रधानाध्यापकलाई क्रमशः दुई हजार, पन्ध्र सय र एक हजार रुपैँया मासिक रुपमा उपलब्ध गराउनेछ। 

बिद्यार्थी आकर्षण गर्ने आकर्षक नारा 

सामुदायीक बिद्यालयमा बिद्यार्थीको आकर्षण बढाउन उप–महानगरले बिभिन्न  खाले नारा समेत ल्याएको छ। सामुदायीक बिद्यालयमा आकर्षण जगाउन उप–महानगरले दिवा खाजा कार्यक्रम ठेक्कामार्फत सञ्चालन गर्न थालेको छ।

दैनिक मेन्यु अनुसार खाजा कार्यक्रम लागूभएपछि बिद्यार्थीको आकर्षण बढेको छ। यो बाहेक उप–महानगरले फ्राइडे फर फ्युचर कार्यक्रम लागूगर्नेसङ्कल्प गरेको छ। 

सङ्कल्प पत्रका अनुसार हप्ताको एकदिन शुक्रवार सामुदायीक बिद्यालयमा खेलकुद, सङ्गीत, भाषा, कला साहित्य, नेतृत्व बिकास गर्ने कार्यक्रम सञ्चालन गरिने छ। यसैगरी इटहरीका सामुदायीक बिद्यालयमा मोबाइल नर्सिङ सेवा इटहरीका सामुदायीक बिद्यालयमा प्रदान गरिने उप–महानगरले जनाएको छ। 

संकल्प पत्रमा सबै सामुदायीक बिद्यालयमा नर्सिङ कार्यक्रम बिस्तार गर्ने, बिद्यालयमा योग ध्यान, प्राणायाम गराउने, आयुर्वेद शिक्षालाई पनि कार्यान्वयन गराइने उल्लेख छ। 

 यस्तै प्राविधिक तथा व्यावसायिक शिक्षा तथा सिप विकासमा पहुँच र अवसर सृजना गरी औद्योगिक प्रशिक्षार्थी कार्यक्रम सञ्चालनमा ल्याउने, नगर खेलकुद बिकास समितिमार्फत खेलकुदका कार्यक्रम सञ्चालन गरिने उप–महानगरले सङ्कल्प प्रस्तुत गरेको छ। 

यसैगरी बिद्यालयमा स्काउट, बाल क्लब, जुरेस, युरेस जस्ता समूहको गठन गरी बालबालिकामा सामाजिक भावना नैतिक शिक्षा र व्यवहारिक सिप बिकास गरिने सङ्कल्प पत्रमा उल्लेख छ। 

योजना राम्रो कार्यान्वयन चुनौती 

सामुदायीक बिद्यालय सुधारका लागि इटहरी उप–महानगरले सार्वजनिक गरेको सङ्कल्प पत्र राम्रो भएपनि कार्यान्वयनमा चुनौती रहेको सरोकारवालाहरूले बताएका छन्। सामुदायीक बिद्यालय सुधारमा उप–महानगरले सार्वजनिक गरेको सङ्कल्प पत्र राम्रो भएपनि कार्यान्वयनमा समस्या रहेको जनसहयोग माविका प्रधानाध्यापक जनक बस्नेतले बताउनुभयो। 

सामुदायीक बिद्यालय सुधारका लागि सार्वजनिक भएको सङ्कल्प पत्र कार्यान्वयनमा आँफुहरु पनि लाग्ने भन्दै उहाँले सहज रूपमा कार्यान्वयन गर्न भने गाह्रो रहेको बताउनुभयो।

उहाँले शिक्षकका समस्या समाधान गर्ने तर्फ सङ्कल्प पत्रले ध्यान नदिएको भन्दै यसतर्फ पनि उप–महानगरको ध्यान जानुपर्ने बताउनुभयो। उहाँले बिद्यालयमा हुने व्यवस्थापन समितिमा देखिएको राजनीतिक भागबण्डाको परिपाटि अन्त्य नभएसम्म सङ्कल्प पत्र कार्यान्वयनमा चुनौती रहेको बताउनुभयो। उहाँले सबैजसो बिद्यालयमा व्यवस्थापन समिति राजनीतिक दलको भागबण्डका आधामा गठन भईरहेको भन्दै यसले बिद्यालयका शैक्षिक अवस्थामा सुधार आउन नसक्ने बताउनुभयो।

school photo (3)

इटहरीस्थित जनता माध्यमिक बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशी दंगालले सङ्कल्प पत्र कार्यान्वयनमा जानसके सामुदायीक बिद्यालयको अवस्थामा सुधार आउने बताउनुभयो। उहाँले भौतिक पूर्वाधारलगायतका क्षेत्रमा उप–महानगरले लगानी बढाउनु पर्ने बताउनुभयो।

 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved