इटहरी / शिक्षा सम्बन्धी इटहरी उपमहानरपालिकाले गरेको लोकप्रिय निर्णय बिरुद्द इटहरीकी उपमेयर संगिता चौधरी आफ्नो निजी स्कुल जोगाउन निजी स्कुल सँग सेटिङमा लागेकी छिन। आफैले गरेको निर्णय बिरुद्द उपमेयर सहित शिक्षा समितिका सदस्यहरु अहिले आफ्नै निर्णय बिरुद्द बिरोधमा उत्रिएका छन।
इटहरीका शिक्षा समिति , निजी संगठनहरु सहितले गरेको निर्णयमा उपमेयर संगिता चौधरीको स्कुल जोगाउन एमालेका जनप्रतिनिधीहरु एकजुट भएका हुन। इटहरी १५ मा उपमेयर चौधरीको बाल आदर्श इङ्लिस बोर्डिङ स्कुल नहरको जग्गा ओगटेर बनाएको र कारवाही हुने डरले उपमेयरलाई बचाउन सिङ्गो इटहरी एमाले शिक्षा सुधारको बाधक हुन पुगेको छ। निजी स्कुलहरुले बार्षिक रुपमा लिने फि र एउटै पोसाक लगाउने निर्णय गरेको थियो। स्कुलहरु किताव देखि जुत्ता मोजा सम्म बेचेको भन्दै त्यो हुन नदिने मेयर हेमकर्ण पौडेलले अडान लिएपछि उपमेयर सहितका वडा अध्यक्ष हरुलाई भेला गरेर निजी स्कुलहरुको पक्षमा बोलेका हुन।
इटहरीका निजी स्कुलहरुमा मनपरि शुल्क लिने गरेको भन्दै इटहरीले नियमन गर्न लागेको थियो। तर निजी स्कुलकै पक्षमा एमाले जनप्रतिनिधिहरु आफ्नै सरकारको बिरोधमा उत्रिका छन। निजी स्कुल सन्चालकहरुले उपमेयरको बलमा उपमहानगरले मागेको कागजपत्र समेत बुझाएका छैनन।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved