इटहरी उपमहानगरपालिकाले ६७ औं राष्ट्रिय सहकारी दिवस मनायो
- प्रकाशित मितिः चैत्र २०, २०८०
- 88 पटक पढिएको
- जीवन फुयाल
इटहरी / ६७ औं राष्ट्रिय सहकारी दिवस २०८० को अवसरमा इटहरी उपमहानगरपालिकाले सहकारी दिवस मनाएको छ ।
बहुउद्देश्यीय सहकारी सस्थाको भवनमा एक कार्यक्रम आयोजना गर्दै सहकारी दिवस मनाएको हो । इटहरीमा रहेका सहकारी अन्तर्गतका समस्य समाधान गर्ने गरि आगाडी बढदै गर्दा, पहिलो पटक इटहरीमा सहकरी दिवस उपमहानगरपालिकाले मनाएकोे हो । सो अवसरमा उत्कृष्ट कारोबार गरि उत्पादनमुलक क्षेत्रमा पुजीलाई प्रवाह गर्दै आएका २ सहकारीलाई सम्मान गरिएको छ । इटहरी ५ मा रहेको सहकारी जुन तारा बचत तथा ऋण सहकारी सस्था र इटहरी ६ मा रहेको अबिरल बचत तथा ऋण सहकारी सस्थालाई सम्मानित गरेको हो । स्थानीय सरकारलाई निति नियम बनाउने अधिकार रहेको र २ वर्षको अवधिमा सहकारीको व्यस्थापन गर्न समय खर्चेको नगर प्रमुख हेमकर्ण पौडेलले बताउनु भयो ।
कार्यक्रमको अध्यक्षता इटहरी उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राम चारित्र मेहताले गर्नु भएको थियो भने, प्रमुख अतिथि इटहरी उपमहानगरपालिकाका नगर प्रमुख हेमकर्ण पौडेल रहनु भएको थियो अतिथीहरु इटहरी उपमहानगरपालिका वडा १ का वडा अध्यक्ष कैलाश कार्की, वडा ६ का वडाअध्यक्ष दिवस पोखरेल, वडा १७ का वडा अध्यक्ष प्रभात कुमार आचार्य लगायत जिल्ला सहकारी सघका अध्यक्ष गगां प्रसाद दाहाल, इटहरीमा रहेर संचालित सहकारीका पदाधिकारी लगायतको उपस्थितमा कार्यक्रम सम्पन्न भएको थियो । यस वर्षको राष्ट्रिय नारा ‘सहकारीको दिगोपन, स्वनियमन र सुशासन’ भन्ने मुल नारा रहेको छ ।