इटहरी / परिवर्तन …एक अभियान इटहरी ७ द्वारा एसईई दिएर मोटिवेसनल कार्यक्रम गरेको छ ।
इटहरी ७ स्थित एस.ओ.एस बालग्रामको भवन एक कार्यक्रमको आयोजना गरि एस.ओ.एस बालग्राम स्कुलका विद्यार्थी ,लक्ष्मी माद्यामिक बिद्यालय इटहरी र सेक्रेटहार्ट बोर्डिङ स्कुल इटहरीमा अध्यनरत एसईई दिएर बसेका १ सय बढी विद्यार्थीहरूलाई मोटिवेसनल कार्यक्रम गरिएको छ ।
इटहरी उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष देवनारायण चौधरीको प्रमुख अतिथि तथा
परिवर्तन …एक अभियान इटहरी ७ का अध्यक्ष तेज प्रसाद घिमिरेको अध्यक्षतामा कार्यक्रम गरिएको थियो ।
मोटिवेसनल कार्यक्रमको प्रशिक्षण डा. राजेन्द्र राज तिम्सिना र प्रशिक्षक लिलाराज भट्टराईले विद्यार्थीहरूलाई प्रशिक्षण गराएका थिए ।
विद्यार्थीलाई दिएको यस्ता कार्यक्रमले कस्ता शिक्षा लिने र नराम्रो संगत नलाग्ने विषयमा जानकारी गराएको विषय खुसी भएको वडा अध्यक्ष देवनारायण चौधरीले बताए ।
एसईई दिएर बसेका विद्यार्थीहरू आगामी दिन के गर्ने , के पढ्ने कस्तो शिक्षा लिने र लागुऔषध दुर्व्यसनबाट कसरी बच्ने भन्ने विषयमा जानकारी गराउदै आएको परिवर्तन …एक अभियान इटहरी ७ का अध्यक्ष तेज प्रसाद घिमिरेले बताए ।
यस्ता कार्यक्रमले विद्यार्थीले लिएको ज्ञान भावि युवाहरूलाई सकारात्मक सन्देश दिन कार्यक्रम आयोजना गरिएको सल्लाहकार सदस्य दिपक घिमिरेले बताए ।
संगम बुक्स एप्लिकेसन इटहरीले १० थान कपि र १० थान कलम सहयोग समेत गरेको थियोे ।
सो कार्यक्रममा इटहरी ७ का जनप्रतिनिधि तथा
परिवर्तन …एक अभियानका सल्लाहकार नेत्र प्रसाद गुरागाई ,सेक्रेटहार्ट बोर्डिङ स्कुल सह प्रधानध्यापक अग्नि प्रसाद न्यौपाने ,परिवर्तन …एक अभियान इटहरी ७ का उपाध्यक्ष संजय शर्मा ,
परिवर्तन …एक अभियानका प्रतिनिधि विद्यार्थी लगाएतको सहभागीता रहेको थियोे ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved