विद्युतको समस्या लिएर कुलमानलार्इ भेट्न पुगिन विना

  • प्रकाशित मितिः माघ १०, २०७४
  • 931 पटक पढिएको
  • समय अनलाइन

० माघ, काठमाडौं । कञ्चनपुरको विद्युत समस्या समाधान गर्न नेपाल विद्युत प्राधिकरणसँग सरोकारवालाहरुले माग गरेका छन् ।

जिल्लाबाट निर्वाचित सांसद बिना मगरको नेतृत्वमा काठमाडौं आएको टोलीले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई माग पत्र पेश गर्दै विद्युत समस्या समाधान गरिदिन माग गरेका हुन् 

निर्देशक घिसिङको कार्यकक्षमा टोलीले बिभिन्न ६ बुँदे मागपत्र पेश गरेको हो ।

ज्ञापन पत्रमा कञ्चनपुर जिल्लाको दक्षिण क्षेत्रमा विद्युत सेवाको बिस्तार भएपनि गुणस्तरीय सेवा प्रवाह हुन नसक्दा स्थानीय जनताले समस्या भोग्नु परेको समस्या हल गर्न अनुरोध गरिएको छ ।

जिल्लाको क्षेत्र नम्बर १ मा पर्ने पुनर्वास र बेलौरी नगरपालिका तथा लालझाडी र बेल्डाँडी गाउँपालिकामा सब-स्टेशनको अभाव, ट्रान्सफर्मर जडान हुन नसक्न, अनियमित विद्युत आपूर्ति तथा न्यून भोल्टेजको समस्याले गर्दा घरायसी, कृषि प्रयोजन तथा उद्योगहरुमा गुणस्तरीय विद्युत सेवा उपयोग गर्न नसकिएको भन्दै ज्ञापन पत्रमा कृषि, काष्ठ, डिष्टिलरी, स्वास्थ्यलगायतका सेवा र उद्योगहरु सञ्चालनमा कठिनाई देखिएले भोल्टेज लगायतका समस्या हल गर्न माग गरिएको छ ।

यस्तै, मागपत्रमा चारवटै स्थानीय तहका ४० हजार बढी घरधुरीले विद्युत महसुल सेवा बेलौरीमा रहेको एउटा मात्रै काउण्टरबाट बुझाउनुपर्ने बाध्यता रहेको उल्लेख गर्दै चारवटै स्थानीय तहमा महसुल काउण्टर स्थापना गर्न माग गरिएको छ ।
क्षेत्रीय प्रमुखलार्इ कुलमानको निर्देशन

मागपत्र बुझेपछि कार्यकारी निर्देशक कुलमान घिसिङले बैठकस्थलबाटै प्रदेश नम्बर ७ को क्षेत्रीय निर्देशनालय अतरियाका प्रमुख तारा शर्मालाई फोन गरी तत्काल समस्या समाधानका लागि निर्देशन दिएका छन् ।

चारवटै स्थानीय तहमा काउण्टर स्थापना गर्न पहल गर्ने, तत्कालका बेल्डाँडी, पुनर्वास र लालझाडीमा घुम्ती महसुल काउण्टर सञ्चालन गर्ने, भोल्टेजको समस्या हल गर्न आवश्यकता अनुसार तत्काल नै ट्रान्सफर्मर जडान गर्ने, दीर्घकालिनरुपमा चारवटै स्थनीय तहलाई पायक पर्ने स्थानमा सब स्टेशन स्थापनाका लागि प्रस्ताव तयार गर्ने, उक्त क्षेत्रका सबै लाइनलाई थ्री फेजमा अपग्रेड गर्ने काम अगाडि बढाउन कार्यकारी निर्देशक घिसिङले निर्देशन दिए ।

सब स्टेशनलगायतका सबै कामहरु यसै चैत मसान्तभित्र नै पूरा गर्न उनले निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved