यस्तो छ सलमानको नेपाल बसाइको कार्यतालिका

  • प्रकाशित मितिः माघ १०, २०७४
  • 1146 पटक पढिएको
  • समय अनलाइन

काठमाडौं । आगामी फागुन २६ गते बलिउड स्टार सलमान खान नेपाल आउने निश्चित भएपछि अहिले आयोजकले विज्ञापन गर्न सुरु गरेको छ । सलमानको ‘द–दवङ द टुर’ अन्तर्गत उनी नेपाल आउने भएपछि अहिले आयोजकले राष्ट्रिय दैनिकमार्फत विज्ञापन सुरु गरेको हो । 

ओडीसी इन्टरटेनमेन्टका सिमान्त गुरुङका अनुसार काठमाडौंको टुँडिखेलमा हुने कार्यक्रममा हजारभन्दा धेरै दर्शक सहभागी हुनेछन् । “ब्रायन एडम्स आउँदा झण्डै २० हजार दर्शकले टिकट किनेका थिए,” गुरुङले भने, “ब्रायन एडम्सका तुलनामा सलमान नेपाल र नेपालीका लागि बढी परिचित भएकाले ५० हजारभन्दा धेरै दर्शक उपस्थित हुने अपेक्षा गरेका छौैं ।”

कार्यक्रमबाट १५ करोड रुपैयाँ टिकटबाट उठाउने योजना रहेको गुरुङको भनाइ छ । १५ करोड रुपैयाँ उठ्ने कार्यक्रमबाट सलमानले कति पारिश्रमिक लिन्छन् भन्ने जिज्ञासामा गुरुङ भन्छन्, “हाम्रो कम्पनीले यस्ता कार्यक्रम यस अगाडि पनि गरिसकेकाले हाम्रो आफ्नै नियम छ । सोही अनुसार पेमेन्ट गर्छौं । तर, यति नै भनेर भन्नु सायद उचित हुँदैन होला ।”

१५ सयभन्दा धेरै सुरक्षाकर्मीले कार्यक्रमस्थलमा सुरक्षा दिनेछन् भने ५ सय प्राइभेट सुरक्षाकर्मी परिचालन गरिनेछ । ४ सयजना स्वयंसेवकले कार्यक्रमलाई व्यवबस्थित गर्नेछन् । 
कार्यक्रमको टिकट ग्लोबल आईएमई बैंकबाट पाइनेछ । टिकट ३ हजार, ५ हजार र १० हजार दरका रहेको गुरुङले जानकारी दिए । “भीआईपी र अशक्तलाई हामी अगाडि राख्नेछौं । सञ्चारमाध्यमलाई पासको व्यवस्था गरिएको छ । कार्यक्रम हेर्ने ठाउँअनुसार टिकट दर फरक फरक तोकिएको हो,” गुरुङले भने ।

सलमान फागुन २५ गते नेपाल आउनेछन् । जेट एयरलाइन्सको विमानबाट उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्नेछन् । उनी विमानस्थलबाट सिधै होटल सोल्टी जानेछन् ।  सलमानसँगै ७ जना कलाकारका साथमा ९० जनाको टोली होटल सोल्टीमा रहनेछ । सलमान तीन दिन नेपाल रहँदा कुन कुन ठाउँ घुम्नेछन्, त्यो भने बताइएको छैन । 

उनी तीन दिनका लागि नेपाल आउन लागेको आयोजक ओडीसी इन्टरटेनमेन्टले जनाएको छ । सलमान २७ फागुनमा मुम्बई फर्किनेछन् ।

चलचित्र ‘टाइगर जिन्दा है’ को सफलता साट्ने क्रममा सलमान नेपाल पनि आउन लागेका हुन् । सलमान सन् १९९४ पछि दोस्रो पल्ट नेपाल आउन लागेका हुन् । 

सलमानसँगै कार्यक्रममा नायिका सोनाक्षी सिन्हा, निर्देशक प्रभु देवा, डेजी शाह, कृति सेनोन र पञ्जाबी भाँगडा डान्सर ‘मिड बोस’ पनि आउनेछन् । कन्सर्टमा सलमान र सोनाक्षीले एकसाथ स्टेजमा प्रस्तुति दिने भएका छन् । सलमानले करिब ३ घण्टा स्टेजमा बिताउने आयोजकले जनाएको छ । कार्यक्रमको लागि दिउँसो १२ बजेबाट नै टुँडिखेलको गेट खुल्ला गरिने बताइएको छ । तर, सलमान भने साढे ६ बजे स्टेजमा देखा पर्ने छन् । 

हङकङबाट सुरु भएको टुर न्युजिल्यान्ड, अस्ट्रेलिया र भारतमा भइसकेको छ भने अमेरिकामा हुन बाँकी छ ।  

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved