देशका विभिन्न स्थानमा हिमपात, कसैलार्इ रमाइलो, कसैलार्इ कष्ट

  • प्रकाशित मितिः माघ १०, २०७४
  • 1436 पटक पढिएको
  • समय अनलाइन

काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण देशभर वर्षा भएसँगै विभिन्न जिल्लामा हिमपात भएको छ । काठमाडौँको पश्चिमी डाँडो चन्द्रागिरी तथा आसपासका अन्य डाँडामा पनि हिमपात भएपछि कतिपय राजधानीबासी हिउँ खेल्न डाँडातिर लागेका छन् ।

चिसाको कारण उपत्यकाका आसपासका फुलचोकी, शिवपुरीलगायत ठाउँहरूको जनजीवन कष्टकर बनेको छ । उक्त वायुको प्रभावले माथिल्लो हिमाली क्षेत्रका सबै भागमा हिमपात भएको मौसमविद् शान्ति कँडेलले जानकारी दिए । उनका अनुसार मंगलबार राति देशको पश्चिमी भेगबाट प्रवेश गरेको सो वायु मध्य हुँदै अहिले पूर्वी भेगसम्म प्रभाव विस्तार भइसकेको छ । र, अहिले देशका अधिकांश ठाउँमा वर्षा भएको छ । 

साँझसम्म यो वायुको प्रभाव कम हुने र बिहीबारदेखि मौसममा सुधार आउने उनको भनाइ छ । आज काठमाडौँ उपत्यकाको तापक्रम ७.३ डिग्री सेल्सियस भएपनि दिउँसो अधिकतम तापक्रम घट्ने भएकाले जाडो बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाको पछिल्लो विवरणअनुसार वीरेन्द्रनगरबाहेक सबै स्थानमा वर्षा भएको छ । आज काठमाडौँमा दुई मिलीमिटर वर्षा भएको छ । सबैभन्दा बढी डडेल्धुरामा १२ मिलीमिटर वर्षा भएको छ । 


मंगलबार रातिदेखि मौसममा आएको परिवर्तनका कारण बैतडीसहित प्रदेश नं ७ का अधिकांश पहाडी जिल्लामा हिमपात भएको छ । 
हिमपातसँगै चिसोले जनजीवन प्रभावित भएको छ । बैतडीको खोडपे, सतबाँझ, सुर्नयालगायतका क्षेत्रमा हिमपात भएको छ । 

यस्तै, दार्चुलाको अपी, राप्ला, घुसा, खण्डेश्वरी, व्यासलगायत ठाउँमा हिमपात भएको छ । जिल्लाको उत्तरी क्षेत्रमा सबै स्थानमा हिमपात भएको छ । चिसोबाट बच्नका लागि व्यासको छाङरु र तिंकरका बासिन्दा दुई महिना अघि नै सदरमुकाम खलङ्गा झरिसकेका स्थानीयवासी दानसिंह तिंकरीले बताए । 

डडेल्धुरा सदमुकामलगायत भीमदत्त राजमार्गको साहुखर्क, गैरा, हगुल्टेलगायत स्थानमा हिमपात भएको स्थानीयवासी आषिश मल्लले जानकारी दिए । बझाङको जयपृथ्वी नगरपालिका पणेश क्षेत्र, धामीलेक, पीठालेक, दौलीचौर, सुर्मा, काँडालगायत क्षेत्रमा पनि हिमपात शुरु भएको छ । सो क्षेत्रमा मंगलबार रातिदेखि पानी पर्न थालेको हो । उच्च पहाडी भेगमा हिमपात जारी छ । यस्तै अछामको उच्च हिमाली क्षेत्रमा पनि हिमपात भएको बताइएको छ । 

हिमाली जिल्ला मुस्ताङमा आज बिहानैदेखि हिमपात भएको छ । हिउँ पर्ने क्रम जारी रहेको जोमसोमबाट नवराज सुवेदीले जानकारी दिए । लामो समयको खडेरीपछि भएको हिमपातले कृषक उत्साहित भएका छन् । 

हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ । सर्वसाधारण घर बाहिर निस्कन सकेका छैनन् । हिमपातसँगै हुरी बतास पनी चलेको सुवेदीले बताए । “एक फिट बाक्लो हिउँ जमेको छ । हिमपातपछि पोखरा जोमसोम हवाई उडान अवरुद्ध छ । बेनी जोमसोम सडकको मुस्ताङ खण्डमा सवारीसाधन चलेका छैनन्,” उनले भने । 

मुस्ताङको सबै क्षेत्रमा हिमपात भएको स्थानीयवासीले बताएका छन् । हिउँ परेपछि स्याउ खेती फस्टाउने, जौ, गहुँ, उवा, फापर बालीमा सिँचाइ हुने भएकाले कृषक खुशी भएका हुन् । यस्तै, म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जा र घोडेपानीमा समेत हिउँ परेको छ । 


मंगलबार दिउँसोदेखि मौसम परिवर्तनसँगै रातिदेखि बाजुरामा पानी परेको छ । गहुँ बाली, तरकारी सुकेर जाने अवस्था पुगेकाले पानी परेपछि किसान हर्षित भएका छन् । पानी परेसँगै जिल्लाको उत्तरी भेगमा हिउँ परेको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द मल्लले जानकारी दिए  । 

बाजुराको बडिमालिका नगरपालिका, बूढीनन्दा नगरपालिका, हिमाली गाउँपालिकामा र त्रिवेणी नगरपालिकाको उच्च भेगमा हिमपात भएको छ । उनले भने, “वर्षासँगै हिउँ परेर चिसो बढे पनि बाली सप्रिने भन्दै किसान खुशी भएका छन् ।” 


जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक मीनप्रसाद जैशीले पानी परेपछि केही मात्रामा गहुँ उत्पादन बढ्ने आशा व्यक्त गरे । “लामो समयको खडेरीका कारण गहुँ बाली सुकेर गएकाले खेतमा छरेको बीउको शेषसमेत जोगाउन किसानलाई मुस्किल भएको थियो,” उनले भने । 

हिमाली गाउँपालिकाको १, २ र ३ वडा बिच्छ्यामा सबैभन्दा बढी हिमपात भएको छ । त्यहाँका स्थानीयवासीलाई घरभन्दा बाहिर आवजजावत गर्न समस्या भएको स्थानीय धर्मराज
सुनारले बताए । यसैगरी गौमुल गाउँपालिकाको दहकोट, मानाकोटलगायत क्षेत्रमा हिमपात भएको छ । हिमपातपछि सो क्षेत्रका विद्यालय बन्द भएका छन् । 


राससको सहयोगमा

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved