व्यवसायीको हकहितमा लागिपर्छु : अध्यक्ष प्रधान

  • प्रकाशित मितिः माघ १०, २०७४
  • 948 पटक पढिएको
  • समय अनलाइन

चितवन । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले व्यवसायीहरुको हकहितका लागि आफूले गरेको प्रतिबद्धता पूरा गर्न लागिपर्ने बताएका छन् ।

लायन्स तथा लियो क्लब अफ नारायणगढ बालकुमारी, विकास शिल्ड समितिले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा अध्यक्ष प्रधानले आफ्नो प्रतिबद्धता पूरा गर्ने वचन दिएका हुन् । उनले खेलकुदले जिल्लाको आर्थिक क्षेत्र चलायमान हुने भएकोले विकास शिल्ड फुटबलका कारण चितवनको आर्थिक विकासमा टेवा पुग्ने बताए । विकास शिल्डलाई सफल बनाउन उद्योग वाणिज्य संघ चितवन सधैँ तयार रहेको प्रधानले बताए ।

उद्योग वाणिज्य संघ विकास शिल्डको प्रवद्र्धक भएर काम गर्ने उल्लेख गर्दै प्रधानले रनिङ शिल्ड सफल पार्नको लागि आर्थिक पाटो जुटाउनसमेत आफूले सक्दो पहल गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानसहित कार्यसमितिका सबैलाई बधाई, स्वागत तथा सम्मान गरेको हो ।

उद्योगी व्यवसायीहरुको छाता संगठन उद्योग वाणिज्य संघ चितवनका नवनिर्वाचित पदाधिकारीलाई लायन्स क्लब अफ नारायणगढ बालकुमारीका अध्यक्ष बालगोपाल चुकेले सम्मान गरे ।

कार्यक्रममा विकास शिल्डका अध्यक्ष श्यामकुमार पियाले विकास शिल्डले बर्सेनि पुरस्कार राशी बढाउँदै लगेको जानकारी दिँदै यसवर्ष पहिलो पुरस्कार पाँच लाख रुपैयाँ नगद र दोस्रो पुरस्कार दुई लाख ५० हजार रुपैयाँको साथमा ट्रफी तथा मेडल रहने जानकारी दिए ।

आगामी फागुन ८ देखि २० गतेसम्म हुने प्रतियोगितामा राष्ट्रियस्तरका क्लबहरु सहभागी हुने लायन्स क्लब अफ नारायणगढ बालकुमारीका अध्यक्ष एवम् विकास शिल्डका कोषाध्यक्ष बालगोपाल चुकेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved