शिक्षामा राज्यको लगानी : एक विद्यार्थी बराबर वार्षिक १५ हजार !

  • प्रकाशित मितिः फाल्गुन १७, २०७४
  • 1213 पटक पढिएको
  • समय अनलाइन

विराटनगर । सामुदायिक विद्यालयमा अध्ययरत विद्यार्थीहरुका लागि राज्यले कति खर्च गर्छ ? मोरङको हकमा त्यो वार्षिक जनही १४ हजार नौ सय ५३ रुपैयाँ देखिएको छ । जिल्लामा कुल पाँच सय ६१ वटा सामुदायिक विद्यालय छन् । र, शैक्षिक गुणस्तर सुधार कार्यक्रमअन्तर्गत वार्षिक दुई अर्ब ३१ करोड १६ लाख १७ हजार रुपैयाँ आउँछ । त्यसमा शिक्षकहरुलाई दिइने तलब, भत्तासमेत जोड्दा प्रतिविद्यार्थी उक्त रकम निस्किएको हो । तर, हरेक वर्ष सामुदायिक विद्यालयतर्फ आकर्षणको दर ओरालो लागेको देख्न सकिन्छ । जसरी भर्नादरमा वृद्धि देखिन्छ, बीचमै विद्यालय छाड्ने दर पनि उत्तिकै छ । विद्यालय छाड्नेहरु मध्ये सबैभन्दा बढी दलित विद्यार्थी छन् । जिल्ला शिक्षा कार्यालयका अनुसार शैक्षिक सत्र, २०७३ मा सामुदायिक विद्यालयमा भर्ना भएका पाँच दशमलव ०५ प्रतिशत अर्थात् ६ हजार तीन सय ९६ जनाले पढाइ छाडेका थिए । शैक्षिक सत्र, २०७४ को अन्तिम समय आइसक्दा पढाइ छाड्नेहरु ११ दशमलव १३ प्रतिशत देखिएको छ । त्यसमा दलित विद्यार्थी ६ दशमलव ४८ प्रतिशत छन् । तीमध्ये पनि १६ दशमलव ९९ प्रतिशत छात्राले पढाइ छाडेको देखिएको छ । सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तरमा केही सुधार आए पनि विद्यार्थीका आफ्नै समस्या कारण पनि बीचैमा पढाइ छाडने गरेको सहायक जिल्ला शिक्षा अधिकारी राजेन्द्र बुढाथोकीको भनाइ छ । अहिले मोरङमा कक्षा १ देखि १० सम्म एक लाख २६ हजार १७ विद्यार्थी अध्ययनरत छन् । उक्त कार्यक्रमअन्तर्गत् छात्रवृत्ति र पाठ्यपुस्तकका लागि वार्षिक १० करोड खर्च हुन्छ । दलित छात्रवृत्तिका लागि मात्र तीन करोड ९४ लाख रुपैयाँ खर्च हुन्छ । यस्तै, एक अर्ब ५३ करोड ५१ लाख रुपैयाँ जिल्लामा कार्यरत चार हजार १५ जना शिक्षकको तलबमा जान्छ । यति ठूलो खर्चमा सरकारी विद्यालयहरुमा पढाइको गुणस्तर त निजीको तुलनामा धेरै माथि हुनुपर्ने हो नि ! एसईईमा उत्तीर्ण दरले त्यसको खण्डन गर्छ । एसईईमा उत्तीर्ण दर जम्मा ४८ दशमलव चार प्रतिशत छ । स्थानीय तह कार्यान्वयनमा आइसकेकाले शैक्षिक सुधार कार्यक्रमको ठूलो बजेट अब उनीहरुमार्फत् नै खर्च हुनेछ । मोरङको हकमा कार्यक्रमको एक अर्ब ६४ करोड रुपैयाँ स्थानीय तहमा गएको छ । केही विद्यालयले पढाइको माध्यम अंग्रेजीलाई बनाएपछि विद्यार्थीको आकर्षण बढाएका छन् । त्यस्ता विद्यालय करिब ३० प्रतिशत रहेको जिल्ला शिक्षा कार्यालयको भनाइ छ । त्यो भनेको एक सय २७ विद्यालय हुन् । र, तिनमा २६ सयभन्दा बढी विद्यार्थी छन् । ती विद्यालयमा निजीको जस्तै टाई, बेल्ट र जुत्ता अनिवार्य गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved