एसीसी यु–१६ इस्टर्न रिजन क्रिकेटको पहिलो खेल- नेपाल थाइल्याण्ड भिडदै

  • प्रकाशित मितिः मंसिर २५, २०७४
  • 1152 पटक पढिएको
  • समय अनलाइन

काठमाडौं/ एसीसी यु–१६ इस्टर्न रिजन क्रिकेटको पहिलो खेलमा आज नेपालले आयोजक थाइल्याण्डको सामना गर्दैछ । नेपाल र थाइल्याण्डबिचको खेल नेपाली समयअनुसार विहान सवा ९ बजे सुरु हुनेछ ।

बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा हुने पहिलो खेलमा नेपाल आयोजकलाई हराउने योजनासहित मैदान उत्रदै छ । उपाधि जित्ने लक्ष्य लिएर थाइल्याण्ड गएको नेपाली टोली रित गौतमको कप्तानीमा मैदान उत्रनेछ । कप्तान रित नेपाली टोलीका अनुभवी खेलाडी हुन् । यसअघि उनी यु–१६ नेपाली टोलीको क्लोज क्याम्पमा परिसकेका खेलाडी हुन् ।

प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपालले थाइल्याण्डपछि दोस्रो खेलमा मंगलबार हङकङसँग प्रतिस्पर्धा गर्दा अन्तिम खेल बिहिबार म्यानमारसँग खेल्नेछ । समूह ‘ए’ मा नेपालसहित आयोजक थाइल्याण्ड, हङकङ र म्यानमार छन् ।
एसियाका ८ राष्ट्रले प्रतिस्पर्धा गर्ने प्रतियोगिताको समूह ‘बि’ मा मलेसिया, भुटान, चीन र सिंगापुर छन् । लिग खेलपछि समूहको शिर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

नेपाली टोली:

  • रित गौतम (कप्तान)
  • विशालविक्रम केसी (उपकप्तान)
  • तृतराज दास
  • कुशल मल्ल
  • राजन मगर
  • सुवास आयर
  • अमित कुमार यादव
  • सुनील भण्डारी
  • नारायण जोशी
  • निखिल कुमार सिंह
  • सूर्य तामाङ
  • अजय कुमार लुनिया
  • प्रतिश जीशी
  • मेख बहादुर सेन थापा
  • विवेक कुमार यादव (वैकल्पिक)

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved