इटहरी । इटहरी उपमहानगरपालिका वडा नम्वर ४ले वडाबासीलाई लक्षित गरेर एक दिने नि शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
नोवेल मेडिकल कलेज विराटनगरको प्राविधिक सहयोगमा विभिन्न रोगका विशेषज्ञ चिकित्सकीय सेवामा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।
वडावासीहरुलाई लक्षित गरी सञ्चालन गरिएको निशुल्क स्वास्थ्य शिविरमा मुटु रोग,हाडजोर्नी , दन्तरोग लगायतका विशेषज्ञ चिकित्सकहरुले सेवा प्रदान गरेका थिए । स्वास्थ्य शिविरमा इसिजी , सुगर , परिक्षण साथै ल्याव सेवा समेत नोवेलले सहयोग गरेको वडाध्यक्ष चन्द्र भट्टराई जानकारी दिए । उनले वडा समितिले वर्षमा दुई पटक वडावासीलाई निशुल्क स्वास्थ्य शिविर मार्फत सेवा दिने लक्ष्य राखे वमोजित चाडपर्वको समयमा पारेर शिविर आयोजना गरेको समेत भट्टराईले वताए ।
स्वास्थ्य शिविरमा स्वास्थ्य परिक्षणका लागि वालवालिका देखि लिएर जेष्ठ नागरिकहरुको समेत उल्लेखि सहभागीता रहेको थियो । स्वास्थ्य शिविर सञ्चाल गर्ने निती अनुसार विभिन्न ठाउँमा गरिदै आएको जस्तै इटहरीमा पनि प्राविधिक सहयोग पुर्रयाइएको नोवेल मेडिकल कलेजका नारायण दहालले जानकारी दिए । शिविरमा बरिष्ठ मुटु रोग विशेषज्ञ माधव विष्ट , हाडजार्नी रोग विशेषज्ञ साकिर राइन , दन्तरोग विशेषज्ञ स्मृति शाह लगायतका चिकित्सकहरुले स्वास्थ्य सेवा प्रदान गरेको दहालले वताए ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved