अम्बे सिमेन्टका दुई उत्पादन गुणस्तरहीन, शिवम् माथि कारवाही भएन

  • प्रकाशित मितिः मंसिर २५, २०७४
  • 437 पटक पढिएको
  • समय अनलाइन

विराटनगर/ अम्बे सिमेन्ट उत्पादन गर्दै आएको उद्योगका दुई उत्पादन हाइटेक र अम्बे प्रिमियम ब्रान्डका दुई सिमेन्ट गुणस्तरहीन भएको पाइएपछि गुणस्तर तथा नापतौल कार्यालयले गुणस्तर चिह्न खारेज गरिदिएको छ ।
जिप्सम र क्लिंकरमात्रै प्रयोग गरेर ओपीसी सिमेन्ट उत्पादन गर्नुपर्नेमा स्ल्यागसमेत मिसावट भएको पाइएपछि गुणस्तर चिन्ह खारेज गरिएको विभागले जनाएको छ ।

विभागले गुणस्तर चिन्ह खारेजीसँगै यी दुवै ब्रान्डका सिमेन्ट बिक्रीसमेत गर्न नपाइने जनाएको छ । विभागले गुणस्तर चिह्नका लागि फेरि नयाँ प्रकृयाबाट आउनुपर्ने र थप ३ देखि ६ महिना लाग्नेसमेत उल्लेख गरेको छ ।

शिवम् सिमेन्ट पनि विभागको अनुगमनका क्रममा कमसल भेटिएको भएपनि विभागले शिवम् सिमेन्टको गुणस्तर चिह्न खारेजीको प्रकृया भने अझै बढाएको छैन । मोरङ व्यापार संघका अध्यक्ष एवं फोरम लोकतान्त्रिकबाट सभासद् बनेका पवनकुमार सारडासमेतको लगानी रहेका कारण विभागले शिवम् सिमेन्टमाथि भने कारवाही अघि बढाउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved