धुलाम्मे र हिलाम्मे वाटोको कारण पर्यटकहरुलाई सास्ती

  • प्रकाशित मितिः जेठ १७, २०७५
  • 1053 पटक पढिएको
  • Prakash

इटहरी । प्राकृतिक तथा कृमिम सौन्दर्यताले सिंगारिएको सुनसरीको इटहरीमा रहेको पर्यटकीय क्षेत्र तालतलैयामा आउने पर्यटकहरुको संख्या वर्षेनी वढी रहेपनि भत्कीएको धुलाम्मे र हिलाम्मे वाटोको कारण पर्यटकहरुले सास्ती भोग्नु परिरहेको छ ।

केही वर्ष यता देखि चर्चामा आएको पुर्वको एक पर्यटकीय क्षेत्र तालतलैया सम्म इटहरीबाट पुनिने सडक भत्कीएर धुलाम्मे र हिलाम्मे रहेको छ भने तरहरा तर्फबाट आउने बाटोको पुल निर्माण नभई सकेको कारण समेत आवतजावतमा समस्या हुदै आएको हो ।

इटहरी उपमहानगरपालिका वडा नम्वर २ र ३ को संगम स्थलको रुपमा रहेको तालतलैया बनभोजका साथै त्यहा रहेका तालहरुमा पाइडल वोटीगं ,जलपरी जस्ता पानीमा सञ्चालन हुने मनोरञ्जनका सामाग्रीहरुका कारण समेत पर्यतटकहरुको आकषणको केन्द्र वन्दै आएको छ । त्यसै गरी मिनी चिडिया खाना वाल उद्यानका सामाग्रीहरुले गर्दा पनि बालवालिकाहरुको लागि समेत आकर्षणको केन्द्रको रुपमा रहदै आएको छ । विभिन्न देशका मुर्तिकारहरुले वनाएका ढुंगाका मुर्तिहरु समेत रहेको तालतलैया क्षेत्रमा विभिन्न जातका रुखहरु भएको जगंल रहेको कारण समेत धेरै प्रजातिका चराहरु आउने मनोरम क्षेत्रको रुपमा विकसित वन्दै आएको छ । तर पनि तालतलैया सम्म आउइपुग्ने दुवै तर्फका बाटाहरु सहज नभएको कारण सास्ती भोग्नु परिरहेको तालतलैया विकास तथा संरक्षण समितिका पुर्व अध्यक्ष विरवहादुर लिम्वु गुनासो गर्दछन । उनले उपमहानगरपालिकासंग तालतलैया सम्म पुग्ने वाटो सहज वनाइदिन आग्रह गरे । अहिले तालतलैया पुग्न इटहरी बजार क्षेत्रबाट जाने वाटोको केही भाग सम्म कालोपत्रे गर्ने गरी काम भई रहेको भएपनि पुरै वनाइनु पर्नेमा तालतलैया विकास तथा संरक्षण समितिका पदाधिकारीको माग रहेको छ ।

तलतलैयामा जाडो मौषममा ठुलो संख्यामा वनभोज टोलीहरु वनभोज खान आउने गरेका छन भने इटहरी तथा आसपासका क्षेत्रका संघसंस्थाहरुले विभिन्न कार्यक्रम समेत गर्ने गरेका छन । त्यसै गरी मुलुककै विभिन्न ठाउँहरुबाट समेत विद्यालयहरुले विद्यार्थीहरुलाई अध्ययन अवलोकनका लागि ल्याउने गरेका छन ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved