रन सुजको विशेष छुटइटहरीमा

  • प्रकाशित मितिः श्रावण ९, २०७६
  • 1338 पटक पढिएको
  • समय अनलाइन

इटहरी । नेपालकै सर्वाधिक लोकप्रिय ब्राण्ड रन सुजको कोशी अञ्चल डिलर सुनसरीको इटहरीमा सुरु भएको छ ।

स्कुल कलेज सुज, स्पोर्टस् सुज, क्याजुअल सुज, अफिसियल सुज, पार्टी सुज र लेडिज तथा जेन्ट्स्का चप्पलहरु उत्पादन गर्दै आएको रन सुजको कोशी अञ्चल डिलर जिके फुटवेयर एण्ड सप्लायर्सले सञ्चालनमा ल्याएको हो ।

उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भीम पौडेलले बुधबार रिबन काटेर डिलरको उद्घाटन गरेका थिए । शुभकामना मन्तव्य व्यक्त गर्दै अध्यक्ष पौडेलले देशले आत्मनिर्भरताको बाटो लिइरहेको अवस्थामा जुझारु युवाहरु मिलेर व्यवशाय गर्नु समग्र उद्योगको राम्रो पक्ष रहेको बताए ।

कार्यक्रममा बोल्दै डिलर सञ्चालक केवल पौडेलले रन सुजको गुणस्तरीय जुत्ताचप्पल कोशी अञ्चलका सम्पूर्ण जनताको खुट्टामा पु¥याउने प्रतिबद्धता जनाए । यस्तै कम्पनिका बजार व्यवस्थापक पुष्पराज पराजुलीले रन सुजको उत्पादन र सेवाको गुणस्तरमा कुनै कमी हुन नदिने र उपभोक्ताको आवश्यकतालाई सम्बोधन गर्दै सेवा प्रदान गर्ने बताए ।

रन सुज देशका ७७ वटै जिल्लामा बिक्रि वितरण भइरहेको उनले जानकारी दिए । रन सुज आइएसओ गुणस्तर चिन्ह प्राप्त ब्राण्ड हो । यसका उत्पादनहरुमा कम्पनिले ६ महिनाको वारेन्टीसमेत उपलब्ध गराउँदै आएको छ ।

डिलर उद्घाटनको अवसरमा केही दिनसम्म ग्राहकहरुलाई विशेष छुटको व्यवस्था रहेको पौडेलले बताए । उनले उद्घाटनको पहिलो दिननै उत्साहजनक कारोबार भएको बताए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved