व्यस्तता संगै सिने क्षेत्रमा चर्चा बटुल्दै – नायिका कशिस दाहाल

  • प्रकाशित मितिः जेठ २१, २०७५
  • 1174 पटक पढिएको
  • Prakash

नेपाली सिने जगतमा सम्भाबनायुक्त नायिकाको रुपमा उदयमान तथा पछिल्लो समय चर्चाको शिखरमा पुग्न सफल भएकी मोडल तथा नायिका कशिस दाहालको व्यस्तता पनि बढ्दै गएको छ l विभिन्न चलचित्र म्युजिक भिडियो तथा देश विदेशको कार्यक्रमहरुमा ब्यस्त बन्दै गएकी मोडल तथा नायिका कशिस दाहालको अभिनयको तारिफ अहिले चलचित्र क्षेत्रमा जता त्यतै बढ्दै गएको छ l  अभिनय तथा नृत्यमा पोख्त नायिका कशिस दाहाल सुन्दर मुहार र आकर्षक शरीरको धनी छिन, चिटिक्क मिलेको शरीर अनि सुन्दर मुहारनै उनी प्रतिको आकर्षण हो l  मोडलिङ हुदै चलचित्र क्षेत्रमा प्रवेश गरेर आफुलाई सक्षम नायिकाको रुपमा उभ्याउन सफल नायिका कशिस दाहाल आफ्नो अभिनय नृत्य तथा  सुन्दर अनुहार र मिलेको शरीरका कारण चर्चामा छिन् । करिब आधा दर्जन चलचित्रमा अभिनय गरेर ख्याति कमाएकी  कशिसले दर्जनौ म्युजिक भिडियोहरूमा आफ्नो कुशल अभिनय  तथा नृत्य प्रस्तुत गरेर लाखौ दर्शकहरुको मनमा छाप छोड्न सफल भएकी छिन । उनले अभिनय गरेको पछिल्लो चलचित्र “द प्रिन्स” चाडैनै दर्शक श्रोता माझ आउने क्रममा रहेको नायिका कशिस बताउछिन l

पूर्वको सुन्दर नगरी इटहरीको स्थाई बासिन्दा नायिका कशिस काठमाडौँलाइ कर्मथलो बनाएर अहिले दिनरात मेहनत गरेर अगाडी बढ्दैछिन l नेपाली फिल्मका लागि निकै सम्भावना बोकेकी नायिका कशिस सधै हासेर बोल्ने हसिलो तथा फरासिलो स्वभाबकि छिन l नायिका कशिस दाहाल  सरल व्यवहार, दृढ आत्मविश्वास र फराकिला सपनाहरूको आकाशमा छरिएकी झैं लाग्छिन् ।

पढाइमा सधै अब्बल नायिका कशिस मास्टर फर्ष्ट एयरको परिक्षा दिएर मास्टर सेकेण्ड एयरमा अध्यनरत छिन l परिवार, आफन्त, अग्रज तथा साथीभाईहरुको प्रेरणा, हौसला र सहयोगले गर्दा कलाकारिता क्षेत्रमा प्रवेश गरेकी नायिका कशिस आफुलाई अभिनय र कला प्रस्तुत गरेर आफु भित्र भएको क्षमतालाइ प्रदर्शन गरेर सिने क्षेत्रमा स्थापित हुने क्रममा छिन l  विभिन्न आरोह अबरोह पार गर्दै नेपाली सिने नगरीमा स्थापित हुदै गरेकी सुन्दर नायिका कशिस दाहाल चर्चाको शिखरमा पुग्न आफ्नो मेहनत लगनशीलता, अभिनय क्षमता हुनु पर्नेमा बिश्वास राख्छिन  l

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved