तरकारीको मुल्य अप्रत्यासित रुपमा बढ्यो

  • प्रकाशित मितिः साउन १५, २०७६
  • 1447 पटक पढिएको
  • समय अनलाइन

निरन्तरको वर्षा र बाढीका कारण तराई क्षेत्रमा उत्पादन हुने तरकारी बालीमा क्षति पुगेपछि पुर्वी तराईमा तरकारीको मुल्य अप्रत्यासित रुपमा बढेको छ ।

अन्य वर्षहरुमा समेत वर्षायाममा तरकारीको मुल्य बढ्ने गरेपनि यस वर्ष भने अप्रत्यासित रुपमा मुल्य बढेको हो ।

साउन महिनाको सुरुवात देखि नै पुर्वी नेपालमा निरन्तरको वर्षाले तराई क्षेत्रमा लगाइएका तरकारीवालीलाई नोक्सानी गरेको र पहाडी क्षेत्रबाट ल्याउदा आफुहरुलाई नै महगों पर्ने गरेको कारण तरकारीको मुल्य बढेको व्यापारीहरु वताउछन । पहाडि क्षेत्रबाट आउने तरकारी ल्याइपुर्याउदा धेरै दिन लाग्ने भएको कारणले विग्रीएर नोक्सानी हुने तथा लागत समेत बढी पर्ने गरेको सुनसरीको इटहरीको आइतवारे साप्ताहिक बजारमा तरकारी विक्री गर्न आएकी महिला वताउछिन ।

वर्षा अघिको तुलनामा सतप्रतिशत साथै कतिपय हरिया तरकारीको मुल्य त्यो भन्दा वढी पर्न थालेको उपभोक्ताहरु वताउछन । इटहरीको आइतवारे साप्ताहिक बजारमा तरकारी किन्न आएकी स्थानीय गृहणी वर्षापछि अत्याधिक बढेको गुनासो गर्दछीन । त्यसै गरी अर्का उपभोक्ता तरकारीको मुल्य आकासिएपनि सरोकारवाला निकायहरु गम्भीर नभएको गुनासो गर्दै तरकारीको मुल्य दिनप्रति दिन वढ्नेक्रम जारी रहदा तरकारी किनेर खानेहरु मारमा परेको गुनासोे गर्दछन ।

तरकारी उत्पादनका दृष्टिकोणले मुलुकै पहिलो स्थान ओगट्ने सुनसरीमा समेत वर्षाको कारण तरकारी उत्पादनमा हस आएको तथा उत्पादित हरियो तरकारीबालीमा क्षति पुगेको कारण समेत तरकारीको मुल्य बढेको पाइन्छन । सुनसरीमा उत्पादित तरकारीहरु काठमाडौ लगायतका विभिन्न सहरहरु सम्म पुग्ने गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved