रक्सीले मातेका महानगरका ड्राइभरले जब गाडी उडाए

  • प्रकाशित मितिः साउन १७, २०७६
  • 1311 पटक पढिएको
  • समय अनलाइन

काठमाडौं सिफलचौरमा बिहान महानगरपालिकाको फोहोर उठाउने बा १ ग २२९८ नम्बरको गाडीले पार्किङमा राखिएका दुई ट्याक्सीलाई ठक्कर दिएको छ। मदिरा सेवन गरेका चालकको लापरवाहीका कारण भएको गम्भीर दुर्घटनामा कुनै मानवीय क्षति भने भएन।

जयवागेश्वरी मन्दिरसँगैबाट भण्डारखालको जंगल सकिएलगत्तैको मोडमा २ फिट अग्लो माटोको ढिस्को नाघेर गाडी चौर हुँदै अर्को साइडको बाटोमा पार्किङ गरिरहेका ट्याक्सीमाथि चढेको दुर्घटनामा बा १ ज ७७२३ र बा १ ज ४०४७ नम्बरका दुई ट्याक्सीमा ठूलो क्षति पुगेको छ। दुर्घटनाका क्रममा २ फिट अग्लो पर्खाल र ट्याक्सी पार्किङ गरेको ठाउँमा पनि झण्डै त्यति नै अग्लो ढिस्को टायरले समेत नटेकी अधिकांश स्थानमा उडाएको प्रत्यक्षदर्शी रवि मगरले बताए।

गाडी जथाभावी चलाएर नरोकेपछि वरपर रहेका मान्छे भागाभाग गरेर ज्यान जोगाएका थिए। ‘चौरमा स्कुटी सिकिरहेका थिए, थोरैले मात्रै उनीहरुको ज्यान जोगियो,’ मगरले भने, ‘यति गम्भीर दुर्घटना थियो, धन्न कसैको ज्यान गएन,’प्रहरीका असई गणेशबहादुर कार्कीका अनुसार दुर्घटना गराउने चालकले मदिरा सेवन गरेको गन्ध आइरहेको बताए।

कार्कीका अनुसार चालकलाई गौशाला प्रहरीमा राखिएको छ।

 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved