इटहरी धरान सडकखण्डको चारकोशे झाडीमा दुर्घटना भएको छ। दुर्घटनामा एकजनाको घटनास्थलमै मृत्यु भएको तरहरा प्रहरी चौकीले जनाएको छ ।ट्राफिक प्रहरी पोष्ट तरहराका इन्चार्ज भुवन विकका अनुसार को २९ प ४१९५ नम्बरको पल्सर मोटरसाइकलमा सवार एक व्यक्तिले ना २ च ६६८९ नम्बरको जीपलाई ठक्कर दिएकाले मोटरसाइकलमा सवार एक व्यक्तिको मृत्यु भएको छ ।उनको नाम, थर भने खुल्न बाँकी रहेको र जीप चालकका अनुसार मोटरसाइकलले आँफूलाई ठक्कर दिएको र अगाडिपट्टि मे १ ख २०४५ नम्बरको बसले मोटरसाइकललाई ठक्कर दिदाँ घटनास्थलमै मृत्यु भएको बताएको भएपनि बसमा सवार प्यासेन्जरले बसले ठक्कर नदिएको जानकारी दिए अहिले दुवै सवारीलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved