Aaa मोरंङको सुन्दरहरैचा स्थित पुर्व पश्चिम लोकमार्गको सडकको कालोपत्रे निर्माण भएको २ महिना नपुग्दै भत्किन थाले पश्चात प्रदेश सभा बैठकमा समेत सांसदहरुले आवाज उठाउन थालेका छन ।
प्रदेश सभा बैठकमा प्रदेश सांसद लोकप्रसाद सङ्ग्रौला र राज कुमार ओझाले सडक कालोपत्रे गर्दा अनियमितता भएको भन्दै छानविन गर्न माग गरे पश्चात सार्वजनिक लेखा समितीले शनिबार उक्त लोकमार्गको अनुगमन गरेको हो । प्रदेश सांसद तथा सार्वजनिक लेखा समितिको टोली सहित सडक डिभिजन कार्यालय प्रमुख शुभराज न्यौपानेको समेत उपस्थिती रहेको थियो । सांसद हरुले कालोपत्रे निर्माणमा अनियमितता भएको आरोप लगाए पनि यता सडक डिभिजन प्रमुखले उक्त कुरा स्विकारेका छैनन् ।
उनी भन्छन,‘ प्राविधिक ल्याबमा सबै वस्तु चेकजाँच गरिएको छ,यो कुरा आरोप मात्र हो ।’यता प्रदेश सांसद तथा सार्वजनिक लेखा समितिकी सदस्य कुशुम श्रेष्ठले ठेक्केदार र निर्माण कम्पनिले सडक निर्माण गर्दा अनियमितता गरेको सन्चारमाध्यममा समाचार आएकोले अनुगमनको लागि आफु सडकमै आएको बताइन्।
सांसद श्रेष्ठले पनि इटहरीको टेङ«्रा पुल र सुन्दरहरैचाको गछिया पुललाई देखाउँदै उक्त सडक निर्माण गर्दा अनियमितता भएको समेत आरोप लगाइन । उक्त सडक निर्माण गर्ने कम्पनिलाई कार्वाही गरी १२ महिना भित्र सडक बिग्रिए पुनः सडक निर्माण कम्पनिले नै बनाउनु पर्ने हुँदा उक्त सडक पनि पुन निर्माण हुनुपर्ने बताएकी छिन । त्यस्तै प्रदेश सांसद तथा सार्वजनिक लेखा समितिका सभापति शिव नारायण सिहं गगाईले सडक प्रमुख र निर्माण कम्पनिले भने जस्तो पानीले कालोपत्रे भत्काएको भन्ने कुरा गलत भएको बताएका छन । उनले अहिले भएको काममा धरै अनियमितता भएको साथै गुणस्तरहिन सामान प्रयोग गरेको आरोप लगाए ।
यता स्थानिय विप्लब बस्नेतले उक्त बाटो अनुगमन आउने कार्य मात्र भएको तर कसैले दिर्घकालिन योजना बनाउने तर्फ ध्यान नप¥ुयाएको आरोप लगाएका छन्।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved