भारतमा उत्पादित सोनाशक्ति ब्राण्डको चामल प्लाष्टिकको भेटिएपछि बिक्री वितरणमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय गोरखाले त्यस ब्राण्डको चामल तत्कालका लागि बिक्री नगर्न व्यवसायीहरुलाई आग्रह गरेको हो ।
गोरखा नगरपालिका–६ का कृष्ण श्रेष्ठले बिहान खाना बनाइसकेपछि खाना खान लाग्दा उक्त ब्राण्डको चामल प्लाष्टिकको भएको थाहा पाएका थिए । ‘खाना खान लाग्दा अस्वाभाविक रुपमा फर्रर परेको देखियो’, उनले भने, ‘युट्यूबमा केही भिडियो हेरेको थिएँ, प्लास्टिकको चामल हो कि भन्ने शंका लागेर डल्लो बनाइ भुईँमा बजार्दा माथिसम्म उफ्रियो ।’ जिल्ला प्रशासन कार्यालयको टोलीले पकाइएको भातसहित चामलको नमुना संकलन गरेको प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेल जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved