प्रचण्डलाइ शिवसेनाकाे चेतावनी ‘१७ हजारको सजाय दिए कसो होला ?’

  • प्रकाशित मितिः साउन २१, २०७६
  • 1401 पटक पढिएको
  • समय अनलाइन


काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहले बकबक गरिरहे नागार्जुनबाट निकाल्ने चेतावनी दिए लगत्तै राजावादी शिव सेना नेपालले पनि काउन्टर जवाफ फर्काएको छ । शिव सेनाले आइतबार नै एक विज्ञप्ति जारी गर्दै १७ हजार नेपाली नागरिकको हत्या गरेको अभियोगमा अध्यक्ष प्रचण्डसहितलाई सजाय दिएमा कसो होला ? भन्दै प्रश्न गरेको छ ।

शिवसेनाका अध्यक्ष अनिल बस्नेत ‘बाबा’द्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ,‘यदि तपाईं बिनाअपराध पूर्वराजालाई नागार्जुनबाट निकाल्ने कुरा गर्नुहुन्छ भने हामी तपाईंलाई १७ हजार हाम्रा नेपाली दाजुभाईको हत्याको अभियोग लगाउँछौं, तर हाम्रो जनअदालतले तपाईंलाई सजाय दिनेछ । हेगको व्यवस्था हामी नेपालमै सिर्जना गर्नेछौं । त्यो बेला तपाईंको जवाफ के हुनेछ ?’

शिव सेनाले अध्यक्ष दाहाललाई आफ्नो सत्ता र स्वार्थ एवं आफ्नो जहानिया शासनको बचाउका लागि कुनै पनि बेतुकको अभिव्यक्ति नदिन आग्रह गरेको छ । शिव सेनाले दाहोर्याएर भनेको छ, ‘तपाईं नेपाली नागरिक हुनुहुन्छ, यसकारण कतिपय अपराध स्वतः माफी पाउनु हुन्छ । यदि तपाईं नेपाली जनताको हत्याको अभियोग स्वीकार नगरी यसैगरी बोल्दै जानुहुन्छ भने तपाईंलाई भगवान शिवले त माफ गर्नुहोला, तर शिवका सेना अर्थात हामी शिव सैनिकले माफ गर्न सक्ने छैनन् ।’अध्यक्ष बस्नेतले प्रचण्डलाई आफ्ना गल्ती महशुस गरी भगवान शिवको शरणमा जान अन्तिम चेतावनी दिएको छ ।-नेपाल अाज

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved