सासू–ससुरा पक्राउ हत्या बुहारीको आरोपित

  • प्रकाशित मितिः साउन २१, २०७६
  • 1251 पटक पढिएको
  • समय अनलाइन

गर्भवती बुहारीको हत्या आरोपमा मंगलबार सप्तरीमा सासू–ससुरा पक्राउ परेका छन् । सप्तरीको अग्नीसाइर कृष्णसवरण गाउँपालिका–३ की १९ वर्षीया गर्भवती रञ्जुदेवी यादवको हत्या आरोपमा सप्तरी प्रहरीले उनकी सासु ४५ वर्षीया लीलादेवी यादव र ससुरा ५५ वर्षीय महेन्द्र यादवलाई पक्राउ गरेको छ ।

दुई साताको अनुसन्धानपछि आरोपितलाई पक्राउ गरी कर्तव्य ज्यानको उजुरी दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक मनोजकुमार यादवले बताए । रञ्जुका पति दिनेश यादव बजार गएका बेला राति साढे आठबजे घटना भएको थियो ।

गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा साउन ५ गते राति ल्याउनु अगावै निधन भइसकेकी रञ्जुको घाँटीमा डोरीको निलडाम र शरीरमा चोटपटक लागेको देखेपछि मृतकका दाजु रामसेवक यादवले जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिएका थिए ।

सप्तरी प्रहरीका अनुसार रञ्जुको शवको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा साउन ७ गते पोष्टमार्टम भएको छ । तीन महिनाकी गर्भवती रहेकी मृतकको १० महिनाकी छोरी छन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved