मेरो प्रेस पास रोकियो...'कुमार पौडेलको पत्रकार

  • प्रकाशित मितिः साउन २२, २०७६
  • 1445 पटक पढिएको
  • समय अनलाइन

काठमाडौँ । केहि समय अघि सर्लाहीमा कुमार पौडेलको मृत्यु भयो । प्रहरीले भिडन्तका भएको दावी गर्यो भने उक्त दावी गलत भएको मानवअधिकार आयोगको प्रतिवेदन सार्वजनिक भयो । उक्त प्रतिवेदनमा एउटा दर्दनाक तस्विर सार्वजनिक भएको थियो, जुन तस्विरले अहिले सिंहदरवारसमेत हल्लाएको छ । हो, राज्यको पहुँचमा पनि सिमितमा मात्र पुगेको त्यहि तस्विर 'फ्ल्याश' गरेकी संचार केन्द्र डटकमकि कार्यकारी सम्पादक दिया चन्दले सो तस्विर सार्वजनिक गरेकै कारण सूचना विभागले आफ्नो प्रेस पास नै रोकिदिएको आरोप लगाएकी छिन् ।

पत्रकार परिचयपत्रका लागि आवश्यक सबै कागजात पुर्याएर बिभाग पुगेकी चन्दले सबै प्रकृया पुरा गरेर रसिदसमेत काटिसकेको अवस्थामा महानिर्देशक कृष्ण मुरारी न्यौपानेकाे निर्देशनमा आफ्नो पास रोकिएको पत्रकार चन्दको आरोप छ । ' संचार केन्द्रका सबै साथीहरुको प्रेस पास बन्यो । मेरोचाहिं रोकियो । सबै कागजात थियो । तर सिधै मलाई तपाईंलाइ प्रेस पास नदिने भन्ने छ भन्ने जानकारी दिइयो ।' उनले भनिन् ।

विभागले विना कारण पत्रकार परिचयपत्र दिन नमानेको भन्पदै उनले नेपाल पत्रकार महासंघ गुहारेकी थिइन् । महासंघका अध्यक्ष गोबिन्द आचार्यले महासंघका केन्द्रीय सदस्य जन्मदेव जैशीलाई सहजीकरणका लागि बिभाग पठाएपछि चन्द, इमान्दार मिडिया प्रालिका अध्यक्ष पत्रकार कमल बुढा लगायत विभाग पुगेका थिए । तर उनीहरु बिभाग पुग्दा महानिर्देशक न्यौपाने कार्यकक्षमा नभेटिएपछि महासंघका केन्द्रीय सदस्य जैशी नेतृत्वको टोलीले विभागका निर्देशक तथा प्रवक्ता ध्रुब कुमार पोखरेललाई भेटेको चन्दको भनाइ छ । प्रवक्ता पोखरेलले पत्रकार चन्दमाथि अनुसन्धान भइरहेका कारण प्रेसपास रोकिएको जानकारी दिए पनि के कति कारणले अनुसन्धान भइरहेको हो भन्ने खुलाउन नचाहेको उनको दावी छ । आफ्नो प्रेस पास रोकिएपछि चन्दले सूचनाको हकबमोजिम बिभागसंग सत्यतथ्य सूचना र कारण समेत माग गर्दै निवेदन दिएकी छिन् ।

यता सञ्चार केन्द्र डटकम संचालक कम्पनी इमान्दार मिडिया प्रालिका अध्यक्ष कमल बुढाले आफ्नो मिडिया हाउसद्वारा संचालित सञ्चारकेन्द्र डटकमकी कार्यकारी सम्पादक चन्दलाई सुचना विभागले दुई दिनभित्र प्रेस पास उपलब्ध नगराए विभागका महानिर्देशकका विरुद्ध अदालत जाने जानकारी दिएका छन् ।

यसैबीच नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैशिले संचारकेन्द्रकी कार्यकारी सम्पादक चन्दलाई विभागले गरेकाे व्यवहारले महासंघकाे गम्भीर ध्यानाकर्षण भएकाे बताएका छन् । क्रान्तिकारी पत्रकार संगठनका उपाध्यक्ष समेत रहेका जैसीले याे विषय बुधबार हुने महासंघको छलफलमा गम्भीर रुपमा उठाउने बताएका छन्।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved