सार्वजनिक खरिद नियमावली (आठौँ संसोधन)मा आफ्ना माग सम्बोधन भएको भन्दै निर्माण ब्यवसायी महासंघद्वारा स्वागत

  • प्रकाशित मितिः साउन २२, २०७६
  • 1409 पटक पढिएको
  • समय अनलाइन

जीवन फुयल सुनसरी/ नेपाल निर्माण ब्यवसायी महासंघले सार्वजनिक खरिद (आठौं संशोधन) नियमावली २०७६ का केही प्रावधानले केहि माग सम्बोधन भएको भन्दै नियमावलीको स्वागत गरेको छ। महासंघले आइतबार संघीय राजधानी काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै यसाको स्वागत गरेको हो।

महासंघले लामो समयदेखि उठाउँदै आएका केही प्रमुख मागहरु सम्बोधन भएको भन्दै पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष रवि सिंहले नियमावलीमा विविध कारणले सम्पन्न हुन नसकेका रुग्ण परियोजनाहरुका हकमा प्राविधिक प्रतिवेदनको आधारमा एकपटकको लागि म्याद थपको प्रष्ट प्रावधान उल्लेख हुनु सकारात्मक पक्ष भएको बताउनुभयो।

सम्पन्न हुन नसकेका सबै परियोजनाहरुमा निःशर्त एक वर्ष म्याद थप्नका लागि अन्यथा कुनै कारणले अब ढिलाई हुनु हुँदैन भन्ने धारणा महासंघको रहेको भन्दै अध्यक्ष सिंहले परियोजनाहरुलाई आर्थिक भार नपर्ने भने झै निर्माण व्यवसायीहरुलाई पनि विना जरिवाना, म्याद थप हुने गर्ने गरी सम्बन्धित कार्यालयको तर्फबाट यथाशिघ्र कार्यान्वयन गर्न अनुरोध गर्नुभयो।

एक वर्ष भन्दा बढी समय आवश्यक हुने परियोजनाहरुलाई प्राविधिकको पुष्ट्याईको आधारमा आवश्यकता अनुसार म्याद थप गर्नुपर्र्ने र प्राविधिक रुपले सम्पन्न हुन नसक्ने निर्माण कार्यहरु सुविस्ताको आधारमा ठेक्का तोडिनुपर्ने महासंघको माग रहेको सिंहले बताउनुभयो। यस्तै महासंघका वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेले म्याद थपको निर्णयले समग्रमा सरकारलाई नै फाइदा पुगेको भन्दै नयाँ ठेक्का लगाउँदा राज्यलाई ठूलो आर्थिक भार पर्ने बताउनुभयो।

12345
महासंघद्वारा जारी बिज्ञप्ती

अध्यक्ष रवि सिंहले नियमावलीमा उल्लेख भए बमोजिम गएको १० वर्ष मध्ये बेस्ट अफ थ्रि इयर्सको औसत टर्न ओभरको ७ गुणाले हुन आउने रकम सम्मको निर्माण कार्यहरु लिन सक्ने व्यवस्थाले निर्माण क्षेत्रमा देखिएका लो बिडिङलगायतका धेरै समस्या स्वतः समाधान हुने बताउनुभयो। नियमावलीले निर्माण व्यवसायीहरु आ–आफ्नो क्षमता अनुसार मात्र बोलपत्रमा सहभागी हुन पाउनुपर्छ भन्ने महासंघको मागलाई प्रष्ट रुपमा सम्बोधन गरेको सिंहले बताउनुभयो। यसबाट निर्माण कार्य समयमै सम्पन्न हुने र व्यवसायीमा काम प्रतिको जिम्मेवारी पनि बढ्ने हँुदा बिकास निर्माणले समेत तीव्रता पाउने महासंघले जनाएको छ।

साथै यस प्रावधानले वर्क इन ह्याण्डको अवस्था समेत गणना गरिनु स्वागत योग्य पक्ष भएको महासंघको भनाइ छ। संशोधनमा उल्लेख भए बमोजिम पुनरावेदनमा कडाइ गरिएकोप्रति भने महासंघले चिन्ता व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved