प्रहरीले चार जनालाई पक्राउ नक्कली नोट छाप्ने मेसिनसहित

  • प्रकाशित मितिः साउन २४, २०७६
  • 1353 पटक पढिएको
  • समय अनलाइन

धनगढीबाट नक्कली नोट छाप्ने मेसिनसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

कैलाली प्रहरीले नक्कली नोट बनाउने मेसिनसहित पक्राउ परेका चार जनालाई शुक्रबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

धनगढी उपमहानगरपालिका–१ को नैनादेवी टोलबाट चुरे गाउँपालिका–१ का २५ वर्षीय खग्रेन्द्र बम भनिने खगेन्द्र रजवार, सोही वडाकै २२ वर्षीय भोजबहादुर बम, धनगढी उपमहानगरपालिका–३ का २४ वर्षीय पल्लभराज भट्ट र महोत्तरीको बर्दिवास नगरपालिका–६ का २५ वर्षीय गोकुल खड्कालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

खड्काबाहेक तीनजनालाई फरकफरक मितिमा धनगढीबाट पक्राउ गरिएको र खड्कालाई सिआइबी टोलीको सहयोगमा काठमाडौँबाट पक्राउ गरिएको कैलालीका प्रहरी उपरीक्षक सुदीप गिरीले जानकारी दिए।

उनीहरुको साथबाट खोटा नोट छाप्ने एक थान मेसिन, नोट छाप्न प्रयोग भएको दुई सय २० थान सेतो पेपरलगायतका नेपाली र भारतीय नक्कली नोटसमेत बरामद गरिएको छ। यस्तै छापेर काट्न बाँकी नेपाली पाँच सय दरका ९८ नोट, पाँच सयकै भारतीय ८६ नोट, भारतीय पाँच सय दरको पछाडिको भाग छापिएको ४ नोट बरामद गरिएको छ।

यस्तै माथिल्लो अगाडिको भाग मात्र छापिएको ३० नोट, पछाडिको भाग मात्र छापिएको पाँच सयकै ८ नोट, पाँच सयकै तल्लो पछाडिको भाग छापिएको १२ नोटसहित स्टिलको दराजमा राखिएको एक हजार दरका ६८ नोटसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

विभिन्न हिसाबकिताब लेखिएको डायरी, कैँची, स्केल, मोबाइल र रेडियो सञ्चार एफएम गढी बैतडी लेखिएको स्ट्रयाम्प पनि बरामद गरिएको छ। पक्राउ परेकाहमाथि अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको गिरीले जानकारी दिए।

यस्तै प्रहरीले यसअघि नक्कली नोटसहित पक्राउ परेका थप तीन जनालाई पनि सार्वजनिक गरेको छ। नक्कली नोटसहित पक्राउ परेका कैलारी गाउँपालिका(५ का ३४ वर्षीय छेदुराम डगौरा चौधरी र अवैध भारतीय रुपैयाँसहित पक्राउ परेका भारतको लखिमपुर खिरी बस्ने श्रवणकुमार सिंह र सोही ठाउँका गुरुजित सिंहलाई प्रहरीले सार्वजनिक गरेको हो।

केही समययता कैलालीका विभिन्न स्थानमा नेपाली र भारतीय नक्कली नोट भेटिएपछि प्रहरी खोजीमा सक्रिय बनेको थियो ।

-एजेन्सी

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved