इटहरी,नजिकिदै गरेको तिजको अवसर पारेर उद्योग वाणिज्य संघ इटहरीले महिलाहरुको लागी निः शुल्क पाठेघर परिक्षण तथा स्तन क्यान्सर सम्बन्धि जनचेतना तथा स्वास्थ्य शिविरको आयोजना गर्ने भएको छ । केहि समय देखि भडकिलो बन्दै गएको तिज पर्वलाई फरक शैलीमा महिलाहरुको समस्यालाई समाधान गर्न सहयोग मिलोस भन्ने उद्धेश्यले उद्योग वाणिज्य संघमै यो शिविरको आयोजना गर्न लागेको उद्योग वाणिज्य संघकी कोषाध्यक्ष गायत्री कटुवालले बताईन् ।
नोवेल मेडिकल कलेजको प्राविधिक सहयोगमा श्रावण २८ गते शिविर सञ्चालन हुने भएको हो । उक्त शिविरमा इसिजि, युएसजि, ल्याब परिक्षण सम्पुर्ण निःशुल्क हुने छ भने औषधि समेत निःशुल्क बितरण गरिने वाणिज्य तर्फकी सचिव सविना शोभा कोईरालाले बताईन् ।
महिलाहरुको बिषेश चाँड भएको कारण महिलाहरुले भोग्दै आएको पाठेघर, स्तन क्यान्सर लगायत अन्य समास्याको पहिचान गरि जटिल बिरामीलाई निःशुल्क शल्याक्रिया गर्नु परेमा पनि गरिदिने व्यवस्था मिलाएको पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको हो । यो शिविरमा ग्रामिण भेगमा महिलाहरुको धेरै भन्दा धेरैको जाँच गर्ने लक्ष्य रहेको छ ।
पत्रकार सम्मेलनमा उद्योग वाणिज्य संघका अध्यक्ष भिम पौडेल,वरिष्ठ उपाध्यक्ष दिवश पोखे्रल,महासचिव पिताम्वर पोख्रेल लगायातको सहभागीता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved