जाजरकोटमा लडेर मृत्यु हुनेको संख्या धेरै

  • प्रकाशित मितिः जेठ २४, २०७५
  • 1124 पटक पढिएको
  • Prakash

जाजरकोट(रासस)–अठ्यारो बाटो, भिरालो जमिन भएकै कारण यहाँका स्थानीयवासी असुरक्षित रुपमा यात्रा गर्न बाध्य भएका छन् ।

एक वर्षमा मात्र जाजरकोटमा विभिन्न ठाउँमा लडेर ३० जनाको मृत्यु भएको घटना सार्वजनिक भएको छ । प्रहरीको पहुँचमा रहेको ठाउँमा मात्र सार्वजनिक भएको घटनालाई लिने हो भने पनि वर्षमा यति ठूलो मात्रामा मानिसको मृत्यु भएको घटना सार्वजनिक भएको हो ।

अन्य दूरदराज ठाउँमा भएका घटनाको बारेमा थाहा नहुँदा कतिको अकालमा मृत्यु हुन्छ भन्ने थाहा नै नहुने गरेको छ । गत फागुनमा बाटोमा पैदलयात्रा गर्ने क्रममा नलगाड–५ गेरेनी भिरमा माथिबाट आएको ढुंगा लागेर बारेकोट–४ मैनाका ५६ वर्षीय मानबहादुर बस्नेतको मृत्यु भयो ।

जिल्ला सदरमुकाम आउने क्रममा पैदल हिँडिरहेका बेला माथिबाट खसेको ढुंगा टाउकोमा लाग्दा घटनास्थलमै उनको मृत्यु भएको हो । नलगाड–५, ऐरारीका ५५ वर्षीय धनबहादुर सिंहको चैत महिनाको दोस्रो हप्ताको सोमबार भिरबाट लडेर मृत्यु भयो । घर फर्कने क्रममा भिरालो बाटोबाट चिप्लिएर लडेका उनको घटनास्थलमै मृत्यु भयो । घर नजिकैको भिरबाट लड्दा करीब ३०० मिटर तल उनी मृत फेला परेका थिए ।

गत चैतमा जंगलमा बाख्रा चराउन गएकी नलगाड–७ खगेनकोटकी १० वर्षीया प्रतीक्षा शर्माको पनि ढुंगा लागेर मृत्यु भयो । माथिबाट आएको ढुंगा लाग्दा गम्भीर घाइते भएकी उनको उपचारका लागि जिल्ला अस्पताल जाजरकोट ल्याउँदै गर्दा बाटोमै मृत्यु भयो । उनको टाउको र छातीमा चोट लागेको थियो ।

नलसिङगाड तर्ने क्रममा काठको फड्केबाट लडेर बारेकोट–७ का ४० वर्षीय कालीबहादुर नेपालीको चैतमा नै मृत्यु भयो । नलगाड–५, गेरेनीस्थित नलसिङगाड तर्ने क्रममा लाप्कोबाट चिप्लिएर घटनास्थलमै उनको ज्यान गएको थियो ।

यी केही प्रतिनिधिमूलक घटना मात्र हुन् । जाजरकोटमा हिँड्दाहिँड्दै ज्यान जानेको संख्या बढ्न थालेको छ । एक वर्षको अवधिमा हिँड्दाहिँड्दै यस जिल्लामा कम्तीमा ३० जनाको ज्यान गइसकेको छ ।

जिल्ला प्रहरी कार्यालयसँग पैदलयात्राका क्रममा ज्यान जानेको संख्या १३ मात्र छ । तर स्थानीय तहका गाउँ तथा नगरपालिकाका अनुसार एक वर्षको अवधिमा ३० जनाको ज्यान गइसकेको छ । खबर गर्दा लडेर वा ढुंगा लागेर मृत्यु भएकाको शव परीक्षण गर्नुपर्ने भएकाले प्रहरीलाई खबर नै नगरेर दाह संस्कार गर्ने गरिएकाले पनि प्रहरीसँग तथ्यांक थोरै देखिएको हो ।

जिल्लाका ग्रामीण भेगमा रहेका गाउँमा जाने बाटो साँघुरो, अप्ठ्यारो र जोखिमपूर्ण भएका कारण अकालमै धेरै मानिसको मृत्यु हुने गरेको बारेकोट गाउँपालिका–५ का प्रेम शाहीले बताएका छन् ।

उहाँले भन्नुभयो, “माथि हेर्दा पूरै पहाड मात्र देखिन्छ, तल सुसाउने खोला र नदी, हिँड्दा पनि चिप्लिएर खसिने हो कि भनेर आङै सिरिंग गर्छ ।” महिला, बालबालिका, वृद्धवृद्धा, अशक्त, भारी बोकेका मानिसलाई यो बाटो हिँड्न निकै सकस खेप्नुपर्छ । जुनिचाँदे जाने बाटोमा भिरबाट खसेर तथा ढुंगा लागेर पाँचजनाको ज्यान गइसकेको छ । जिल्ला सदरमुकामबाहेक गाउँ तथा नगरपालिकामा अहिले पनि मोटरबाटो पुग्न सकेको छैन ।

गाडी नपुग्दा स्थानीय पैदलै हिँड्न बाध्य छन् । गाउँ जोड्ने गोरेटो तथा घोडेटो बाटो साँघुरो, जीर्ण र जोखिमपूर्ण हुँदा मानिस मृत्युलाई हत्केलामा राखेर यात्रा गर्न बाध्य हुने गरेका छन् ।

जिल्लाको सबैभन्दा जोखिमपूर्ण बाटो कालीमाटीदेखि सेपुखोलासम्म छ । नलसिंहगाड जलविद्युत् आयोजनाको १२ किलोमिटर पहुँचमार्ग निर्माण गर्ने क्रममा पुरानोबाटो बन्द भएको र नयाँ घोडेटो बाटो नबनाउँदा मानिस भीरको बाटोमा हिँड्न बाध्य भएको शाहीले बताए ।

जाजरकोटमा लडेर मृत्यु हुनेको संख्या धेरै
 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved