चौविस लाखको सुन चाँदीसहित एक युवक पक्राउ

  • प्रकाशित मितिः जेठ २४, २०७५
  • 1190 पटक पढिएको
  • Prakash

पक्राउ पर्नेमा धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका– ४ विश्वकर्मा चोक बस्ने २४ वर्षीय दीपेन्द्र ठाकुर रहेको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय, जलसागर, महोत्तरीका सशस्त्र प्रहरी उपरीक्षक मुरारी बस्नेतले बताएका छन् ।

गएराति करीब ८ बजेतिर बीआर ०७ एबी ४९१८ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकलमा लुकाइछिपाइ नेपालबाट भारत विहारको मधुबनी जिल्ला लैजाँदै गरेको अवस्थामा सुराकीको आधारमा सशस्त्र प्रहरी निरीक्षक उमेश आलेमगरको नेतृत्वमा खटिगएको सातजनाको सशस्त्र प्रहरीको टोलीले शंका लागी युवक ठाकुरलाई मटिहानी नगरपालिका–३ स्थित आवरचोकमा चेकजाँच गर्दा उनी सुन र चाँदीसहित पक्राउ परेका हुन् ।

युवक ठाकुरको साथबाट प्रहरीले रु २४ लाख मूल्य पर्ने २० किलो चाँदी र २०० ग्राम सुन बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक बस्नेतले बताएका छन् ।

त्यस्तै, युवकको साथबाट एक थान मोबाइल र मोटरसाइकलसमेत बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । अवैध सुन र चाँदीसहित पक्राउ परेका युवक ठाकुरलाई सुन, चाँदीसहित आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान क्षेत्रीय कार्यालय, पथलैया पठाइएको सशस्त्र प्रहरी जिल्ला कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved