। इटहरी जेसिजको जेसिज सप्ताह अन्र्तगत इटहरी उपमहानगरपालिका वडा नम्बर १६को ग्रामिण क्षेत्रमा स्वास्थ्य शिविर आयोजना गरियो ।
ग्रामिण क्षेत्रमा बसोवास गर्ने मानिसहरुलाई लक्षित गरी इटहरीको ग्रामिण क्षेत्रमा पर्ने वडा नम्बर १६को उब्दीमा स्वास्थ्य शिविर आयोजना गरेको हो ।
स्वास्थ्य शिविर इटहरी वडा नम्बर १५ र १६ का एक सय ५ जनाको स्वास्थ्य परिक्षण गरिएको जेसिज सप्ताहका मुल संयोजक लोकनाथ भण्डारीले जानकारी दिए । स्वास्थ्य परिक्षणमा आएका मध्ये ६० जनाको आँखा परिक्षण गरिएको र त्यस मध्ये दस जनामा अप्रेसन गर्नु पर्ने अवस्था रहेको स्वास्थ्यकर्मीहरुले वताएको जनाइयो । स्वास्थ्य शिविरमा मेदान्त अस्पालले प्राविधिक सहयोग पुर्याएको तथा शिविर स्वास्थ्य परिक्षणका लागि आएका विरामीहरुलाई निःशुल्क औषधी समेत उपलव्ध गराइएको स्वास्थ्य शिविरका संयोजक मुक्तीनाथ दाहालले वताए । इटहरी जेसिजका अध्यक्ष विनोद पौडेलको अध्यक्षतामा भएको शिविरमा पुर्व अध्यक्षहरु लक्ष्मी धिताल , गोकुल थापा, किशोर भण्डारी ,सोम गौतम लगायतको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved