सिंहदरबारभित्रैआत्महत्या कर्मचारीले गरेको खुलासा'

  • प्रकाशित मितिः भदौ ३, २०७६
  • 1333 पटक पढिएको
  • समय अनलाइन

पछिल्ला दिनहरुमा जीवनत्याग गरेका घटनाहरु लगातार बाहिर आइरहेका छन् । यो बीचमा सिंह दरबारमा एकजनाले जीवनत्याग गरेका छन् ।

राष्ट्रिय योजना आयोगका एकजना कर्मचारीले सिंहदरबारमै जीवनत्याग गरेका हुन् । कार्यालय समय सकिएर सोमबार राति ८ बजेको समयमा सिंहदरबार छिरेका नायव सुब्बा बच्चु केसी राष्ट्रिय योजना आयोगको कार्यालयको सानो अनुगमन हलमा मृत फेला परेका हुन् ।

प्रहरीका अनुसार सोमबारै राति वि’ष पिएर उनले आत्मह’त्या गरेको प्रारम्भीक अनुमान गरिएको छ । सिंहदरबार क्षेत्रमा जडान गरिएको सिसीटिभी क्यामेरामा उनी सोमबार राति साधरण पोशाकमा सिंहदरबार छिरेको देखिएको छ ।

प्रहरीले अहिले उनको श’व भएको स्थानमा मुचुल्का उठाइरहेको छ । केसी मृत भेटिएपछि उनको परिवारलाई झिकाइएको योजना आयोगका एक अधिकारीले जानकारी दिए ।

तर उनले जीवनत्याग गर्नुको कारणबारे केही पनि खुलाएका छैनन् । घटनाको जानकारीपछि प्रहरी पुगेर अनुसन्धान गरिरहेको महानगरीय प्रहरी प्रवक्ता एसएसपी श्याम ज्ञवालीले बताए ।

-एजेन्सी

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved