श्रीमतीको हत्या आरोपमा यादवलाई जन्मकैद

  • प्रकाशित मितिः जेठ २४, २०७५
  • 1222 पटक पढिएको
  • Prakash

सप्तरीको बोदेबरसाइन नपा–३ का ४२ वर्षीय जयप्रकाश यादवलाई आफ्नै श्रीमतीको हत्या अभियुक्तमा जिल्ला अदालतले सर्वस्वसहित जन्मकैद सजाय गरेको छ ।

न्यायाधीश श्यामसुन्दर अधिकारीको एकल इजलासले हत्या आरोपित यादवलाई सर्वस्वसहित जन्मकैद सजाय गरेको अदालतले बुधबार जनाएको छ । ४० वर्षीया पत्नी ललितादेवी यादवको हत्या गरेको आरोपमा उनलाई सर्वस्वसहित जन्मकैद सजाय गरेको अदालतबाट बुझिएको छ ।

बोदेबरसाइन नपा–३ स्थित जोगेन्द्र गोडाहान यादवको खेतमा गत कात्तिक २८ गते धान काट्न गएकी ललिताको हातबाट हँसिया खोसेर घाँटी रेटी जयप्रकाशले पत्नीको हत्या गरेका थिए ।

विद्युत चोरी गर्ने बीसजना पक्राउ
यसैबीच, नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र, राजविराजले विद्युत् पोलमा अंकुश लगाई विद्युत चोरी गर्ने बीसजनालाई बुधबार साँझ पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय र नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रको संयुक्त अनुगमन टालीले जिल्लाको विभिन्न भागबाट २० जनालाई विद्युत् चोरी गरेको आरोपमा पक्राउ गरिएको प्राधिकरण केन्द्रका प्रमुख चन्द्रनारायण साहले बताएका छन् ।

उनका अनुसार पक्राउ परेकाको साथबाट पानी तान्ने तीन थान मोटर, दुई थान एलइडी टिभी र दुई थान ल्यापटप लगायतका सामान बरामद गरिएको छ ।

यता पक्राउ परेकाबाट विद्युत् ऐनअनुसार रु १५ हजार ५०२ को दरले राजस्व तिराइएको प्राधिकरण प्रमुख साहले जानकारी दिएका छन् ।

श्रीमतीको हत्या आरोपमा यादवलाई जन्मकैद
 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved